पुलिस क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा
कास्की- नेपाल पुलिस क्लबले पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा आज प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरी विभागीय टोली पुलिस क्लबले प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।
टाइब्रेकरमा पुलिसका भरत शाह, हेम तामाङ, सुमन सुवेदी र सौजन योक्काहा ...








