मंगलबार एक हजार बढी नेपाली स्वदेश फर्किए

मंगलबार एक हजार बढी नेपाली स्वदेश फर्किए
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत एक हजार १७७ नेपाली स्वदेश फर्किएका छन् । मंगलबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको क्वालालम्पुरबाट १४८, साउदी अरेबियाको रियादबाट २५२ र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । दुबई र दोहाबाट थप नेपाली ल...

थप २०४ सहित कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुग्यो

थप २०४ सहित कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २०४ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा २४ घन्टामा ६१३३ जनाको नमुना परीक्षणका क्रममा २०४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौँ...

गैरकानुनीरुपमा अकूत सम्पत्ति कमाएको अभियोगमा इञ्जिनियरविरुद्ध मुद्दा

गैरकानुनीरुपमा अकूत सम्पत्ति कमाएको अभियोगमा इञ्जिनियरविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनियर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा यादवले वैधभन्दा अवैध आय बढिरहेको पाइएको हो । आयोगका अनुसार यादव २०३६ मङ्सिर २...

बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ

बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ
ओखलढुङ्गा । बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिकामा आफ्नै बहिनीमाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवक पक्राउ परेका हुन् । नाताले बहिनी पर्ने (काकाकी छोरी) ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय दाजुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । बालिकाको स्वास...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
कास्की । पोखरामा आज भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । पोखरा महानगरपालिका–५ जिरो किमीस्थित कालिका पेट्रोलपम्म अगाडि लु५९प ८७८१ को नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने वर्ष ५१ का रुपा सिंह बिकलाई ठक्कर दिँदा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । ...

थप १८० सहित कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

थप १८० सहित कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १८० जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा २४ घन्टामा ४७२१ जनाको नमुना परीक्षणका क्रममा १८० जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । नेपालमा कोरोना संक्रमणका का...

नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा

नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा
हेटौँडा । हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा संस्थानका प्राध्यापक डा.ललितकुमार दासले निर्माण गरेको कोरोना (कोभिड—१९) विरुद्धको खोप तथा औषधि परीक्षणको अन्तिम तयारीमा रहेको बताइएको छ । डा. दासले नमुना औषधि तयार भइसकेको र अब परीक्षणको लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको निर्देशिका बमोजिमको आवश्यक प्रतिवेदनको पर्खाइमा ...

कोरोना संक्रमणबाट विदेशमा थप १३ सहित १५६ जनाको मृत्यु

कोरोना संक्रमणबाट विदेशमा थप १३ सहित १५६ जनाको मृत्यु
काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक/एक नेपालीको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १४३ नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । हालसम्म बेलायत, युएई...

राष्ट्रिय सम्मानका साथ भिक्षु ज्ञानपूर्णिकको अन्त्येष्टि

राष्ट्रिय सम्मानका साथ भिक्षु ज्ञानपूर्णिकको अन्त्येष्टि
काठमाडौँ । सातौँ सङ्घनायक डा भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेपालको थेरवादी बौद्ध जगतका शिखर व्यक्तित्व भिक्षु ज्ञानपूर्णिकको ललितपुरस्थित शङ्खमूल घाटमा आज बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । स्व भिक्षु ज्ञानपूर्णिकलाई कार्यवाहक सङ्घ नायक भिक्षु बोधिसेन महास्थवीर र अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्ष...

आइतबार ६०० नेपाली स्वदेश फर्किए

आइतबार ६०० नेपाली स्वदेश फर्किए
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि नौ अन्तरराष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र ६०० भन्दाबढी नेपाली स्वदेश फर्किएको विमानस्थलले जनाएको छ । नेपाल एयरलाइन्सले कतारको दोहाबाट १४७ नेपाली काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्स साउदी अरेबियाको दमाम, दुबई, बहराइनबाट नेपाल ल्याउन त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ । हिमालय एय...