नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो, थप एकसहित २७ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो, थप एकसहित २७ जनाको मृत्यु
काठमाडौँ । नेपालमा शुक्रबार थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरका २२ स्थानमा गरिएका परीक्षणका क्रममा १०७ महिला र ४८६ पुरुष गरी ५९३ जनामा संक्रमण देखिएको हो । योसँगै संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । जसमा २४९ महिला र १० हजार ५०४ पुरुष रहेका छन् । नेपालमा ...

पन्ध्र वर्षदेखि फरार वन्यजन्तु अपराधका अभियुक्त पक्राउ

पन्ध्र वर्षदेखि फरार वन्यजन्तु अपराधका अभियुक्त पक्राउ
काठमाडौँ । विगत १५ वर्षदेखि फरार हुँदै आएका वन्यजन्तु अपराध मुद्दाका फरार अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाको नाम्खा गाउँपालिका घर भई हाल काठमाडौँको बौद्ध बस्ने ५० वर्षीय कुन्जोक छिरिङ तामाङ रहेका छन् । उनलाई आज ब्यूरोबाट खटिएको टोलीले काठमाडौँ–६ सिमलटारबाट पक्राउ गरेको हो । रसुवाको घटना भएकाले उनलाई...

चट्याङ लागेर चार जनाको मृत्यु

चट्याङ लागेर चार जनाको मृत्यु
सप्तरी । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीमा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक भारतीले सप्तकोशी नदीमा आज बिहान नुहाउन जाँदा कोशी पुल नजिक चट्याङ लागेर महदेवा गाउँपालिका–२ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव मृत्यु भएको जानकारी दिए । यसैगरी खेतमा धान रोप्न गएको बेला चट्याङ लागेर डाक्नेश्वरी नगरपालिका–९ लछनपटीका ३०...

चट्याङ लागेर दुईको मृत्यु

चट्याङ लागेर दुईको मृत्यु
हेटौँडा । अविरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको रहेको प्रहरीले जनाएको छ । सम्झना घरमै बसिरहेको अवस्थामा र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्...

संसदमा हिन्दी भाषा बोल्नुको कारणबारे लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

संसदमा हिन्दी भाषा बोल्नुको कारणबारे लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले संघीय व्यवस्थापिकामा हिन्दी भाषा बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले आज संसदमा नेपाल भाषा बोल्ने विधायकलाई किन नलगाएको कारणसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित पेश गर्न आदेश जारी गरेको हो । अधिवक्ताद्वय केशरजङ्ग केसी र लोकेन्...

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, थप दुईसहित २६ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, थप दुईसहित २६ जनाको मृत्यु
काठमाडौँ । नेपालमा बिहीबार थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभरका २२ स्थानमा गरिएका परीक्षणका क्रममा ४८ महिला र ३८६ पुरुष गरी ४३४ जनामा संक्रमण देखिएको हो । योसँगै संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । जसमा ११४२ महिला र १० हजार २० पुरुष रहेका छन् । नेपाल...

नेपालमा एकैदिन ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

नेपालमा एकैदिन ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो
काठमाडौँ । नेपालमा बुधबार एकैदिन ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ६२९ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घन्टामा देशभरिका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा हालसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । जसमा ...

चौध अन्तर्राष्ट्रिय उडान : बाह्र सय नेपाली स्वदेश फिर्ता

चौध अन्तर्राष्ट्रिय उडान : बाह्र सय नेपाली स्वदेश फिर्ता
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन आन्तरिक र अन्तरराष्ट्रिय गरी २४ उडान भएका छन् । ती उडानमध्ये अन्तरराष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकमा पनि आज १० उडान भएका छन् । मङ्गलबार पनि अन्तरराष्ट्रियतर्फ १४ उडान भएको थियो । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत आज एक हजार २...

क्वारेन्टाइनमा बसेका व्यक्तिद्वारा आत्महत्या

क्वारेन्टाइनमा बसेका व्यक्तिद्वारा आत्महत्या
तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाका एक ४९ वर्षीय व्यक्तिले मंगलबार राति आत्महत्या गरेका छन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए । सुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए । गाउँपालिकाले त्यसपछि सुरक्षित स्थान चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राख्दै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी...

व्यवसायी श्रेष्ठ मृत फेला

व्यवसायी श्रेष्ठ मृत फेला
हेटौँडा । हेटौँडाका एक युवा व्यवसायी आज बिहान जङ्गलमा मृतावस्थामा भेटिएका छन् । निजको शव हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडाको जङ्गलमा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–५ सानोपोखराका ३० वर्षीय पविनमान श्रेष्ठको शव आज फेला परेको हो । राप्तीपुलबाट भैरवडाँडा जाने बाटोको जङ्गलमा उनी मृत भेटिएका हुन् । श्रेष्ठको शव नजिक किटनाशक औषधिसमेत ...