सोमबार थप ७२ सहित कोरोना संक्रमितको संख्या ६७५ पुग्यो

सोमबार थप ७२ सहित कोरोना संक्रमितको संख्या ६७५ पुग्यो
काठमाडौँ । नेपालमा सोमबार थप ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार कपिलवस्तु, काठमाडौँ, दैलेख, बाँके, बारा, रौतहट, धनुषा, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालमा थप ७२ सहित कोरोना संक्रमितहरुको कु...

थप १९ सहित ६०३ जनामा संक्रमण पुष्टि, ८७ जना निको भई फर्किए

थप १९ सहित ६०३ जनामा संक्रमण पुष्टि, ८७ जना निको भई फर्किए
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण आइतबार १९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मोरङ, पर्सा, रौतहट, काठमाडौँ, नुवाकोट, रुपन्देही, कपिलवस्तु र गुल्मीका रहेका छन् । नयाँ सङ्क्रमितमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ बाह्रदशी–३ का ४५ वर्षीय पुरुष रहेका छन् । ...

कुखुराको खोर भत्किएर दुई जनाको ज्यान गयो

कुखुराको खोर भत्किएर दुई जनाको ज्यान गयो
गैँडाकोट । गैँडाकोटमा आइतबार साँझा आएको भीषण हावाहुरीसहितको वर्षाका कारण कुखुराको खोर भत्किएर दुई जनाको ज्यान गएको छ । आइतबार साँझ आएको हावाहुरीसहितको वर्षाले खोरमा दाना दिँदै गरेका गैँडाकोट नगरपालिका ८ का ३५ वर्षीय काशिराम पौडेल र ४० वर्षीय सूर्यबहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । साँझ हावाहुरी चलिरहेको समयमा लोकल कुखुरा...

प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या १७२ पुग्यो

प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या १७२ पुग्यो
जनकपुरधाम । पछिल्लो २४ घन्टामा बारा, सर्लाही र सप्तरीका २१ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या १७१ पुगेको छ । ती २१ मध्ये भारतबाट भित्रिएका २० व्यक्तिमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बताए । बाराको सिमरौनगढ नगरपालिकाका कोरोनाबाट सङ्क्रमित सातजना केही दिनअघि भारतबाट फर्केका थिए । उनीहरुलाई स्थानीय कङ्का...

गाउँलेको कुटाइबाट एकको मृत्यु, छ बेपत्ता

गाउँलेको कुटाइबाट एकको मृत्यु, छ बेपत्ता
जागरकोट । शनिबार राति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । बाह्र युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ । नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै...

बाँकेका स्वास्थ्य सुरक्षाकर्मीमा पनि सङ्क्रमण

बाँकेका स्वास्थ्य सुरक्षाकर्मीमा पनि सङ्क्रमण
बाँके । बाँकेमा कोरोना सङ्क्रमण रोकथामका लागि अग्रभागमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीमा पनि सङ्क्रमण देखिएको छ । नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत एक प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिकामा भेटिएका २७ सङ्क्रमितमध्ये एक प्रहरी जवान रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । चौकीमा र...

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–२ पञ्चेटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । मृत्यु हुनेमा स्थानीय मनोज दुलाल र पासाङ तामाङ रहेको र दुवै मोटरसाइकल चालक रहेको...

कन्चटमा गोली लागेको अवस्थामा प्रहरी मृत फेला

कन्चटमा गोली लागेको अवस्थामा प्रहरी मृत फेला
काठमाडौँ । काठमाडौँको हल्चोकस्थित प्रहरी बिटमा कार्यरत प्रहरी सहायक निरीक्षक विष्णु कार्की मृत फेला परेका छन् । शनिबार राति १२ बजेसम्म ड्युटीमा खटिएर कोठामा गएका उनी बिहान मृत फेला परेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनको कच्चटमा गोली लागेको पाइएको छ । उनका अनुसार आज बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा कोठामा चुकुल लग...

नवलपरासीमा आइसोलेसन सेन्टरको अभाव

नवलपरासीमा आइसोलेसन सेन्टरको अभाव
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा आवश्यकतानुसारको आइसोलेसन सेन्टर स्थापना हुन नसक्दा थप जोखिम बढ्ने देखिएको छ । जिल्लाको बर्दघाट नगरपालिकाअन्तर्गत शहीद स्मृति सामुदायिक अस्पतालमा मात्र चार शय्याको आइसोलेशन वार्ड छ । यसअघि पृथ्वीचन्द्र अस्पतालमा रहेको १० शय्याको आइसोलेशन वार्ड हटाइएपछि झन् समस्या देखापरेको हो । सो अस्पतालमा अन्य सेवा प्रवाहमा समस्या ...

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु, १३ हजार संक्रमित

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु, १३ हजार संक्रमित
काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुईदुई तथा संयुक्त राज्य अमेरिका, कतार र कुवेतमा एकएक नेपालीको यो साता निधन भएको...