ज्ञानेन्द्र शाहीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

ज्ञानेन्द्र शाहीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले लकडाउनको उल्लंघन गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र डा मनोजकुमार शर्माको संयुक्त इजलासले आज सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्ने आदेश जारी गरेको हो । “प्रक्रिया पूरा नगरी भएको कार्यले कानुनी मान्यता प्राप्त गर्न सक्ने नदेखिँदा यी निवेदकह...

स्वास्थकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई इनर्जी ड्रिङ्ग्स वितरण

स्वास्थकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई इनर्जी ड्रिङ्ग्स वितरण
-केशव तिवारी 'घायल'  गैँडाकोट । लायन्स क्लब अफ मौलाकालिका गैँडाकोटले कुमारी मार्केटिङद्वारा प्राप्त गरेको ३० कार्टुन इनर्जी ड्रिङ्ग्स नेस क्याफे र नेस टी गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल र वडा नं ५ का वडाध्यक्ष नवराज कँडेलको रोहवरमा नगरपालिकालाई हस्तान्तरण गरेको छ । लकडाउनका बेला गैँडाकोट नगरपालिकाभित्रको सुरक्षा सतर्कतालाई ध्यानमा राखी अहोरात्र खटिएका स्वास्थ्...

सशस्त्रका डिएसपीले दिएको रगतले बच्यो युवतीको ज्यान

सशस्त्रका डिएसपीले दिएको रगतले बच्यो युवतीको ज्यान
बैतडी । महिनावारीका बेला अत्यधिक रक्तश्राव हुने समस्याबाट ग्रसित एक युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी प्रमुखले रक्तदान गरेका छन् । दशरथचन्द नगरपालिका–८ की युवती उक्त समस्याले जिल्ला अस्पतालमा उपचाररत रहेका बेला बैतडीस्थित सशस्त्र प्रहरी बल नं ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले सोमबार रगत दिएका हुन् । सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले एक युनिट तथा ३५० ए...

मानवअधिकार अवस्थाको अनुगमन

मानवअधिकार अवस्थाको अनुगमन
काठमाडौँ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीका समयमा मानवअधिकारको अवस्थाका बारेमा अनुगमन सुरु गरिएको छ । नेपाल पत्रकार महासंघ काठमाडौँ अध्यक्ष शन्तराम बिडारी, काठमाडौँ जिल्ला वार एशोसिएशनका अध्यक्ष जगदीश घिमिरे र गैह्रसरकारी संस्था महासंघ काठमाडौँका अध्यक्ष प्रदीप डङ्गोल रहेको अनुगमन समिति गठन गरी राष्ट्रिय मानवअधिकार आयोगले दिएको कार्यादेशबमोजिम काठमाडौँ जिल्ल...

मौसम सफा हुन अझै केही दिन लाग्ने

मौसम सफा हुन अझै केही दिन लाग्ने
काठमाडौँ । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायु र स्थानीय वायु पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी–अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मेघगर्जनसहित वर्षा भइरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । उनक...

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सुनुवाइ सुरु

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सुनुवाइ सुरु
काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि केही समय स्थगन गरेको नयाँ रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया आजदेखि सुरु गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार अदालतले आजदेखि नयाँ रिट निवेदन दर्ता र सुनुवाइ सुरु गरेको हो । सर्वोच्च अदालतको यही वैशाख १४ गते प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको पूर्ण बैठकले आजदेखि रिट निवेदन दर्त...

लागुऔषधसहित पक्राउ

लागुऔषधसहित पक्राउ
नवलपरासी । ब्राउन सुगर र अन्य लागूऔषधको कारोवारमा संलग्न एक जनालाई पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी भुजहवाबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित सरावल गाउँपालिका, भुजहवा नाकाबाट पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–३ कुस्माका ३४ वर्षीया शेषकुमार उपाध्यायलाई पक्राउ गरेको हो । सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ लागूऔषध ल्याइँद...

गुणस्तरहीन चामल बिक्री गर्ने व्यवसायीविरुद्ध मुद्दा दायर

गुणस्तरहीन चामल बिक्री गर्ने व्यवसायीविरुद्ध मुद्दा दायर
नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)स्थित रामग्राम नगरपालिकालाई न्यून गुणस्तरीय चामल बिक्री गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । राजेश राइस मिल रामग्राम ६ पोखरापाली र मिल सञ्चालक पटवारी बनियाँविरुद्ध सोमबार जिल्ला अदालत परासीमा मुद्दा दायर गरिएको खाद्य प्रविधि कार्यालयले जनाएको छ । गत चैत २८ गते नगरपालिका...

पश्चिम नेपालमा वर्षा : सतर्कता अपनाउन आग्रह

पश्चिम नेपालमा वर्षा : सतर्कता अपनाउन आग्रह
सुर्खेत । जल तथा मौसम कार्यालय कोहलपुर हाल सुर्खेतले भेरी र कर्णाली नदी क्षेत्र आसपासका बस्तीहरुमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका तल्लो क्षेत्र दैलेख, अछाम, सुर्खेत, जाजरकोट, कैलाली, डोटीलगायतका जिल्लामा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । आजदेखि पर्सि (बुधबार) सम्म मौसमी प्रणाली सक्रिय रही मध्यमसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ । कार...

बन्दाबन्दीको अवधि सार्वजनिक बिदा

बन्दाबन्दीको अवधि सार्वजनिक बिदा
काठमाडौँ । सरकारले बन्दाबन्दी (लकडाउन) को अवधिलाई सार्वजनिक बिदा दिने भएको छ । राजपत्रमा जारी गरिएको सूचनामा सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गत चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा गरिएको समयमा गरिएको लकडाउनको समयलाई सार्वजनिक बिदा भनिएको छ । सूचनामा भनिएको छ, “मिति २०७६ चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा जारी गरेको आदेश बमोजिम सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उ...