धादिङका एक युवामा आरडिटी परीक्षण ‘पोजेटिभ’

धादिङका एक युवामा आरडिटी परीक्षण ‘पोजेटिभ’
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकामा भएको आरडिटी परीक्षणमा एक जना युवामा कोरोनाको लक्षण देखिएको छ । उनी दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका थिए । विदेशबाट आएदेखि उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो । आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएका २७ वर्षीय युवालाई आजै काठमाडौँ पठाउने तयारी भइरहेको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुजन श्रेष्ठले जानकारी दिए । भारत र त...

आशङ्का गरिएका दुई जनामा सङ्क्रमण

आशङ्का गरिएका दुई जनामा सङ्क्रमण
काठमाडौँ । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सोमबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा कोरोना भाइरसको आशङ्का भएपछि उनीहरुको रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) बाट परीक्षण गर्दा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले जानकारी दिए । उनीहरुको केन्द्री...

२५ दिनदेखि भोकभोकै त्रिपालमा !

२५ दिनदेखि भोकभोकै त्रिपालमा !
–काशीराम शर्मा बाँके । भारतको हैदराबादका सैयत खासीमको परिवार विगत २५ दिनदेखि बाँकेको कोहलपुरमा त्रिपालमा बसिरहेको छ । विगत १० वर्षदेखि नेपालमा विभिन्न समयमा भाडा बनाउने काम गर्दै आएका उनको परिवार अहिले लकडाउनको मारमा परेको छ । खासीमको तीन जनाको परिवार छ । उनीसँगै आएका अब्दुल रहमानको परिवार पनि कोहलपुरमै बसिहेको छ । उनको परिवार पनि २५ दिन अघि दाङबाट आएको हो । उनीहरुसँगै सात ...

सङ्क्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाइनमा

सङ्क्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाइनमा
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलासँग सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सङ्क्रमित महिलाका परिवार २१ र ती महिलासँग सम्पर्कमा रहेका लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका ३१ गरी कूल ५२ जनालाई क्वारेन्टाइनमा राखिएको हो । सङ्क्रमित महिला क्वारेन्टाइनबाट घर फर्किएपछि कोरोना पोजेटिभ भएको रिपोर्...

नेपालमा बेलायतबाट फर्किएका थप दुई जनामा कोरोना संक्रमण

नेपालमा बेलायतबाट फर्किएका थप दुई जनामा कोरोना संक्रमण
काठमाडौँ । नेपालमा पुनः थप दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । काठमाडौँ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो । जसमध्ये एक जनाको भने रिपोर्ट आउन बाँकी छ । सोमबार तीन जनाको ¥यापिड टेस्ट गर्नेक्रममा रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमण देखिएका उनीहरु करिब एक महिनाअघि युकेबाट नेपाल आएका ...

औषधि, उपकरण खरिदमा सघाउन चीनसँग आग्रह

औषधि, उपकरण खरिदमा सघाउन चीनसँग आग्रह
काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ । सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले अपनाएका उपाय तथा त...

नयाँ वर्ष सुरु भयो, भेटिएन भित्तेपात्रो

नयाँ वर्ष सुरु भयो, भेटिएन भित्तेपात्रो
काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच नयाँ वर्ष २०७७ सुरु हुँदा धेरै नेपालीका घरमा भित्तेपात्रो उपलब्ध हुन सकेन । पात्रो (पञ्चाङ्ग) माघ पहिलो साता नै बजारमा आइसके पनि बन्दाबन्दी सुरु हुनुअघि भित्तेपात्रो बजारमा यथेष्ट मात्रा आइसकेको थिएन । बजारमा आउन लागेका भित्तेपात्रोलाई पनि कोरोनाको त्रासले प्रभाव पारेको थियो । चीनको वुहानमा पुसमै सुरु ...

लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा

लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौलारोगीलगायतका बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घन्टा सेवा दिनेछन् । त्यसका लागि एम्बुलेन्स सेवालाई कामपाले आर्थिक सहयोग गर्नेछ । लकडाउनको समयमा हृदयाघात, मिर्गौलारोगीलगायतका महानगरवासीलाई आकस्मिक सेवाका लागि आफ्नो निवास...

लकडाउनमा मोटरसाइकल चलाउन नपाइने

लकडाउनमा मोटरसाइकल चलाउन नपाइने
हेटौँडा । मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनपछि बाग्मती प्रदेशमा लकडाउन कडा बनाइने भएको छ । भोलिदेखि प्रदेश राजधानी हेटौँडामा लकडाउन अवधिभर मोटरसाइकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ । किनमेलको समयलाई बिहान ६ देखि ९ बजेसम्म ३ घन्टा कायम गरिएको छ । बाग्मती प्रदेश मकवानपुरसँग जोडिएका प्रदेश २ का जिल्ला पर्सा र रौतहटमा समेत कोरोना भाइरसको सङ्क्रमित फेला परिसक...

नेपालमा थप दुई जनामा कोरोना पुष्टि

नेपालमा थप दुई जनामा कोरोना पुष्टि
काठमाडौँ । नेपालमा कोभिड –१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एक एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । यससँगै नेपालमा १४ जना कोरोना सङ्क्रमित भएको पाइएको छ । उनीहरु दुवै भारतबाट आएको जनाइएको छ । उनले केन्द्रीय जनस्वास्थ्...