नयाँ मानिस नथपिँदा क्वारेन्टाइन खाली

नयाँ मानिस नथपिँदा क्वारेन्टाइन खाली
– हरि बाँस्तोला पोखरा । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण गर्ने लक्ष्यका साथ रुपा गाउँपालिकाले सञ्चालन गरेका क्वारेन्टाइन खाली भएका छन् । कोरोना सङ्क्रमण भित्रन नदिन प्रवेश निषेध गराएको गाउँपालिकामा नयाँ मानिस नथपिएको र बसेका व्यक्तिले पनि अवधि पार गरेका कारण बुधबारदेखि क्वारेन्टाइन खाली भएका हुन् । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने कोभिड–१९ को सङ्क्रमण फैल...

विष सेवन गराई छोराको हत्या गर्ने आमा गम्भीर

विष सेवन गराई छोराको हत्या गर्ने आमा गम्भीर
जलेश्वर । घरायसी विवादका कारण विष सेवन गराई छोराको हत्या गर्ने आमाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । मङ्गलबार दिउँसो सोनमा गाउँपालिका–२ की २६ वर्षीया ममतादेवी रामले घरायसी विवादका कारण छोरासहित आफूले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । विष सेवनले दुई वर्षीय छोरा राहुलकुमार रामको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा मङ्...

परीक्षण र उपचारमा प्राथमिकता दिन आग्रह

परीक्षण र उपचारमा प्राथमिकता दिन आग्रह
काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले प्राथमिकताका साथ कोरोना भाइरस सङ्क्रमणको परीक्षण र उपचार गर्न सरकारलाई आग्रह गरेको छ । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको स्मृतिमा स्थापित फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले विज्ञप्ति जारी गरी विश्वव्यापीरूपमा फैलँदै गएको भाइरस नेपालमा फैलन नदिन कोरोना परीक्षण र उपचारको दायरा बढाउन आग्रह गरेका हुन् ।...

सेवा प्रवाह नगर्ने एम्बुलेन्स नियन्त्रणमा

सेवा प्रवाह नगर्ने एम्बुलेन्स नियन्त्रणमा
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सेवा प्रवाहमा आनाकानी गर्ने दुईवटा एम्बुलेन्स नियन्त्रणमा लिई कारबाही गरेको छ । पोखरामा सञ्चालित मेट्रो सिटी र फेवा सिटी अस्पतालका ग१च ५४९२ र ग१च २७१४ नम्बरका एम्बुलेन्स सेवाग्राहीले बोलाउँदा विभिन्न बहाना गरी सेवा दिन आनाकानी गरेकोले चालकसमेतलाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्...

नेपाल र नेपालीलाई जोगाउन सरकारलाई हरसम्भव ढङ्गले सघाउँर्छाैँ : कांग्रेस

नेपाल र नेपालीलाई जोगाउन सरकारलाई हरसम्भव ढङ्गले सघाउँर्छाैँ : कांग्रेस
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान संकटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव ढङ्गले सघाउने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीका पदाधिकारी, प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक र राष्ट्रियसभाका प्रतिपक्षी नेतासमेत सहभागी आजको बैठकले कोरोना भाइरसको जोखिम सामना गर्न हालसम्म गरिएका तयारीको समीक्षा गरेको छ । ...

कोभिड–१९ को उपचारमा संलग्नको मृत्यु भएमा रु ५० लाख दिने

कोभिड–१९ को उपचारमा संलग्नको मृत्यु भएमा रु ५० लाख दिने
विराटनगर । प्रदेश नं १ को सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको मृत्यु भएमा रु ५० लाख दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा सं...

दुई हजार एम्बुलेन्स तयारी अवस्थामा राखिँदै

दुई हजार एम्बुलेन्स तयारी अवस्थामा राखिँदै
काठमाडौँ । सरकारले कोभिड–१९ रोगको रोकथाम र जोखिम नियन्त्रणका सन्दर्भमा मुलुकभरका एक हजार ९३९ एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय र एम्बुलेन्स सञ्चालक संस्थामार्फत कोभिड–१९ नियन्त्रण र रोकथामका लागि उक्त सङ्ख्यामा एम्बुलेन्स तयारी अवस्थामा रहने गरी व्यवस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले ...

संकटका काला बादल अवश्य हटेर जानेछन्ः प्रधानमन्त्री

संकटका काला बादल अवश्य हटेर जानेछन्ः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ भन्दै सङ्कटका काला बादल अवश्य हटेर जाने विश्वास व्यक्त गरेका छन् । राष्ट्रका नाममा आज सम्बोधन गर्दै उहाँले मुलुक कोरोना विरुद्धको लडाईंमा होमिएको र देशमा सङ्क्रमणको पहिलो ‘केस’ पहिचान भएयताका साझा प्रयत्नले सङ्क्रमितको सङ्ख्या नौ जनामा मात्र सीमित गर्न स...

१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला

१५ भारतीय मुस्लिम किशोर लुकेर बसेको अवस्थामा फेला
महोत्तरी । महोत्तरी जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर सीमापारिबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेर महोत्तरीको एकडारा गाउँपालिका–५ बहेडा गाउँमा आएर लुकेर बसिरहेको अवस्थामा फेला परेका हुन् । उनीहरु यही...

नेपालमा ‘कोही भोकै मर्दैन’ भन्ने नीति व्यवहारमा उतार्न सर्वोच्चको आदेश

नेपालमा ‘कोही भोकै मर्दैन’ भन्ने नीति व्यवहारमा उतार्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले श्रम गरेर जीवन निर्वाह गर्ने र आयआर्जन रोकिएका व्यक्तिलाई केन्द्रित गरी राहत पारदर्शिता कायम गरी वितरण गर्न आदेश जारी गरेको छ ।  न्यायाधीश हरिकृष्ण कार्की र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज लकडाउनका कारण आयआर्जन रोकिएका व्यक्तिलाई केन्द्रित गरी राहत दुरुपयोग नगरी पारदर्शी तरिकाले वितरण गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, “नेपालमा कोही भ...