नेपालमा कतार एयरवेजमा आएका थप एक जनामा कोरोना भाइरस पुष्टि

नेपालमा कतार एयरवेजमा आएका थप एक जनामा कोरोना भाइरस पुष्टि
काठमाडौँ । नेपालमा दोहाबाट कतार एयरलाइन्सको क्युआर ६५२ फ्लाइटबाट नेपाल आएका थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । चैत ४ गते कतार एयरलाइन्सको विमानबाट नेपाल आएकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमणको पुष्टि भएको हो । सो विमानमा १८५ यात्रु रहेको बताइएको छ । जसमध्ये १४० जनाको मात्रै पहिचान भएको छ । यसअघि सोही फ्लाइटबाट नेपाल आएका दुई जनामा पनि कोरोना संक्रमण देखिएको ...

जोखिम नियन्त्रण गर्न गाउँपालिकामा प्रवेश निषेध

जोखिम नियन्त्रण गर्न गाउँपालिकामा प्रवेश निषेध
– हरि बाँस्तोला पोखरा । कास्कीको पूर्वी भेगस्थित रुपा गाउँपालिकाले कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न भन्दै गाउँपालिका प्रवेशमा निषेध गरेको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने कोभिड–१९ को सङ्क्रमणले विश्व नै तहसनहस भएका बेला गाउँपालिकाले मुख्य नाका क्षेत्रबाट आवतजावत नहुने गरी प्रवेश निषेध गराएको हो । गाउँपालिका प्रवेश गर्ने नौ मुख्य नाकामा एक सुरक्षाकर्मीसहित द...

आजदेखि हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण

आजदेखि हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज बिहीबारदेखि प्रदेश राजधानी हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण गरिने बताएका छन् । आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबबाट आज बिहान १० बजेदेखि संकलित नमूनामा कोरोना संक्रमण परीक्षण गरिने तयारी सकिएको बताएका छन् । उनले सो ल्याबबाट प्रत्येक दिन ७५ वटा...

चट्याङबाट धादिङ र रुकुमपश्चिममा दुईको मृत्यु

चट्याङबाट धादिङ र रुकुमपश्चिममा दुईको मृत्यु
धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने तीन घइते भएका छन् । मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् । घर अगाडि कुखुराको खोर बनाइरहेका बेला परेको चट्याङका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । चट्याङमा परेर खनियाबास गाउँपालि...

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइन उजुरी परेको छ । चीनबाट हालै सरकारले ल्याएका अत्यावश्यकीय स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ । विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशका सभासद् रमेश पौडेलले बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएको र दर्ताका लागि पर्खाइमा रहेको बता...

सीमामा अलपत्र परेका नेपालीको उद्धार गर्न आग्रह

सीमामा अलपत्र परेका नेपालीको उद्धार गर्न आग्रह
काठमाडौँ । नेपाली काँग्रेसको तरुण विभागले सीमामा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । विभाग प्रमुख शङ्कर भण्डारीले बुधबा। एक विज्ञप्ति जारी गरी विश्वभर रहेका नेपालीको सुरक्षाका लागि सरकार जिम्मेवार बन्नुपर्ने बताएका हुन् । “नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ४५ मा देश निकालाविरुद्धको हक सुनिश्चित गरेको हुँदा सरकारले सबै नागरिकलाई समान व्यवहार गर्दै...

चिकित्सकमा तर्सने रोगः बिरामी र आफन्त तनावमा

चिकित्सकमा तर्सने रोगः बिरामी र आफन्त तनावमा
झापा । झापाको कनकाईस्थित एक औषधि पसलमा सामान्य स्वास्थ्य परीक्षणका लागि आएका बिरामीलाई चिकित्सकले स्वास्थ्य परीक्षण गर्न नमानेपछि बिरामी साथै परिवारमा मानसिक तनाव बढेको छ । कोरोना भाइरसको त्रासका कारण अस्पतालमा जान छाडेका चिकित्सकले औषधि पसलको दैनिक सेवामा समय दिए पनि सामान्य अवस्थाका बिरामी देख्दा समेत तर्सिने गरेपछि सर्वसाधारण चिन्तित भएको स्थानीयवासी बताउँछन् । जोखिम म...

सातवटै प्रदेशबाट कोभिड–१९ को नमूना परीक्षण सुरु

सातवटै प्रदेशबाट कोभिड–१९ को नमूना परीक्षण सुरु
काठमाडौँ । उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ । मंगलबार परीक्षणका लागि मेसिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ । धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै सुरु भएको हो । अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण सुरु गरिएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनालले बताए । ती सबैको नेगेटिभ रिर्पोट आएको जा...

तीन दिनदेखि सयौँ नेपाली सीमामा अलपत्र

तीन दिनदेखि सयौँ नेपाली सीमामा अलपत्र
राँझा । कोरोना भाइरसको रोकथामका लागि सरकारले १५ दिने लकडाउन गरेपछि भारतका विभिन्न ठाउँबाट मजदुरी गरी फर्किएका १६३ नेपाली तीन दिनदेखि नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा अलपत्र परेका छन् । नेपालगञ्ज उपमहानगर-१६ जयसपुरसँग सिमाना जोडिएको नेपाल–भारत सीमाक्षेत्रको दशगजामा उनीहरु उद्धारको पर्खाइमा छन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन नेपाल र भारत दुवै देशले नेपाल–भार...

भारतबाट फर्केकालाई सीधै गाउँ पठाएकामा काँग्रेसको ध्यानाकर्षण

भारतबाट फर्केकालाई सीधै गाउँ पठाएकामा काँग्रेसको ध्यानाकर्षण
सुर्खेत । प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको रोकथाम कार्यमा कर्णाली प्रदेश सरकारले गम्भीरता नदेखाएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले विज्ञप्ति जारी गरी सरकारलाई ११ बुँदे ध्यानाकर्षण गराएका हुन् । कांग्रेसले भारतबाट फर्केका नागरिकलाई सुर्खेतमै क्वारेन्टाइनमा राख्नुको साटो मन्त्रीहरुले नै रातारात गाउँ पठाएर जोखिम निम...