भारतबाट गृह जिल्ला आएका एक हजार जना आफ्नै घरमा
दैलेख । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यहाँक ११ वटै पालिकाले अपनाएको उच्च सतर्कतामा चुनौती थपिएको छ । भारतलगायत विदेशका अन्य मुलुकबाट गृह जिल्ला दैलेख प्रवेश गर्नेको संख्या एक हजार ४४९ पुगेपछि सतर्कतामा चुनौती बढेको हो ।
भारतका विभिन्न स्थानहरूबाट गृह जिल्ला दैलेख आएकामध्ये २३६ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । एक हजार २१३ जना आआफ्नै घरमा बसेका छन् । घरमा बसेका उनी...








