औषधि खरिदमा कुनै अनियमितता नभएको स्वास्थ्यमन्त्रीको स्पष्टोक्ति

औषधि खरिदमा कुनै अनियमितता नभएको स्वास्थ्यमन्त्रीको स्पष्टोक्ति
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसंँग प्रतिस्पर्धा गराएर ल्याइएको हुनाले कुनै अनियमिता नभएको स्पष्ट पारेका छन् । मन्त्रालयमा आज रासस र गोरखापत्रसँग कुरा गर्दै उनले रीतपूर्वक बोलपत्र आह्वान गरेर चीनबाट सामग्री ल्याइएको हो भने । हिजो र आजको दर देखाएर अनियमिता ग¥यो भन...

बुटवल अस्थायी अस्पतालका बिरामीको रिपोर्ट नेगेटिभ

बुटवल अस्थायी अस्पतालका बिरामीको रिपोर्ट नेगेटिभ
बुटबल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ । परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । उनको अर्को रिपोर्ट आउन भने बाँकी रहेको जनाइएको छ । उनी वैदेशिक रोजगारीबाट यही चैत ६ गते स्वदेश फर्किएका थिए । घर फर्किंदाकोे अ...

प्रदेश विपत् व्यवस्थापन कोषमा रु ५० करोड रकम विनियोजन

प्रदेश विपत् व्यवस्थापन कोषमा रु ५० करोड रकम विनियोजन
हेटौँडा । वाग्मती प्रदेश सरकारले प्रदेश विपत् व्यवस्थापन कोषमा रु ५० करोड रकम विनियोजित गर्ने निर्णय गरको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वाग्मती प्रदेशमा कोरोना भाइरस प्रकोपलाई नियन्त्रण गर्ने उद्देश्यले गठन गरिएको वाग्मती प्रदेश विपत् व्यवस्थापन कोषमा रु ५० करोड रकम विनियोजित गर्ने निर्णय गरको हो । उक्त बैठकले कोरोना भाइरस प्रकोपलाई स्थानीय तहमा नियन्त्रण गर्ने ...

आइसोलेसनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

आइसोलेसनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’
बुटबल । बुटवलस्थित कोरोना भाइरस विशेष अस्थायी अस्पताल आइसोलेशनमा आइतबार अपराह्न मृत्यु भएका बिरामीको प्रयोगशाला रिपोर्टमा कोरोना भाइरस ‘नेगेटिभ’ देखिएको छ । पाल्पा स्थायी घर भएका ३४ वर्षीय बाबुराम थापा क्षेत्रीको केन्द्रीय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा आज आएको अन्तिम रिपोर्टमा कोरोना नेगेटिभ देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन...

भट्टेडाँडामा दुई साइकलयात्रीको मृत्यु

भट्टेडाँडामा दुई साइकलयात्रीको मृत्यु
भट्टेडाँडा- वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई साइकलयात्रीको मृत्यु भएको छ । आज बिहान १०: ३० बजे झाँक्रीडाँडाको मोडबाट साइकलसहित लडेर तिनको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा भारत, मोतीहारी वैरिया जिल्ला घर भएका २८ वर्षीय सन्तोष महतो र मोतीहारी ३ घर भएका २१ वर्षीय मुकेशकुमार गुप्ता रहेको इलाका प्रहरी कार्यालय छपेलीका ...

कोरोनाको आशंकामा भर्ना गरिएका धादिङका युवाको मृत्यु

कोरोनाको आशंकामा भर्ना गरिएका धादिङका युवाको मृत्यु
धादिङ । कोरोना संक्रमित भएको आशंकामा ललितपुरको पाटन अस्पताल भर्ना गरिएका एक जना बिरामीको सोमबार दिउँसो मृत्यु भएको छ । उनको कोराना परीक्षणको रिपोर्ट भने आइपुगेको छैन । अस्पतालका निर्देशक प्राडा विष्णु शर्माका अनुसार अस्पतालमा कोरोनाको आशंकामा तीन जनालाई आइसोलेसनमा राखिएको थियो । धादिङको खनियाबास गाउँपालिका स्थायी घर भएका ३६ वर्षका ती बिरामी भारतबाट फागुन १४ गते घर आएका थिए ।...

एकै घरका पाँच जनामा ज्वरो आएपछि अस्पताल भर्ना

एकै घरका पाँच जनामा ज्वरो आएपछि अस्पताल भर्ना
सल्यान । वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ । लक्षण देखापरेपछि बिरामी भएको ६ दिनपछि उनीहरुलाई आइतबार सल्यान अस्पतालमा भर्ना गरिएको हो । भारतमा मजदूरी गरेर यही चैत १० गते घर फर्किएका ३६ वर्षीय पुरुषलाई घर पुगेपछि ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्न सुरु गरेको थिय...

‘चीनबाट आएका सामानमा कमिसनको खेल’प्रति मसालको गम्भीर ध्यानाकर्षण

‘चीनबाट आएका सामानमा कमिसनको खेल’प्रति मसालको गम्भीर ध्यानाकर्षण
काठमाडौँ । चीनबाट आएका सामानहरूमा भ्रष्टाचार वा कमिसनको खेल भएको भन्ने समाचार मध्यमहरूले बाहिर ल्याएका समाचारहरूप्रति नेकपा (मसाल)को गम्भीर ध्यान आकर्षित भएको सो पार्टीका अध्यक्ष मोहनविक्रम सिंहले विज्ञप्तिमा जनाएका छन् । उक्त विषयमा स्थिति स्पष्ट गर्न वा आवश्यकतानुसार छानबिन गर्न उनले सरकारसित अनुरोध गरेका छन् । ‘अहिले देश महामारी र गम्भीर प्रकारको सङ्कटको मुखमा उभिएको बेला...

भोकमरी हुन नदिन आकस्मिक राहतकोष

भोकमरी हुन नदिन आकस्मिक राहतकोष
भद्रपुर । झापाका स्थानीय तहमध्ये अधिकांशले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन आकस्मिक राहत कोष स्थापना गरेका छन् । कोषमा प्रत्येकले रु १० लाखदेखि रु ५० लाखसम्म बजेट छुट्याएका छन् । मेचीनगर नगरपालिकाले सबैभन्दा बढी रु ५० लाखको राहत कोष स्थापना गरेको छ । मेचीनगरका प्रमुख विमल आचार्यले नगरभित्रका विपन्न परिवारको लगत सङ्कलन भइरहेको जनाउँदै ...

कतारबाट आएकी युवतीको रिपोर्ट पनि ‘नेगेटिभ’

कतारबाट आएकी युवतीको रिपोर्ट पनि ‘नेगेटिभ’
तुलसीपुर । कतारबाट आएकी दाङकी एक महिलाको कोरोना भाइरस रिपोर्ट ‘नेगिटिभ’ देखिएको छ । आइतबार ती महिलासहित बेलझुण्डीको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा रहेका अर्का एक जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । हाल सङ्क्रमित युवती सवार कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा आएकी ती महिलाको रिपोर्ट ‘नेगिटिभ’ देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए । ...