पोखरामा अमेरिकी नागरिक मृत भेटिए

पोखरामा अमेरिकी नागरिक मृत भेटिए
पोखरा- कास्कीको पोखरामा एक अमेरिकी नागरिक मृत भेटिएका छन् । पोखरा–६, डिहिकोपाटनमा रहेको एउटा होटलमा ७० वर्षीय अमेरिकी नागरिक मार्क स्क्होनेफेल्ड मृत भेटिएका हुन् । मृत भेटिएका अमेरिकी नागरिक फागुन २८ गतेदेखि सो होटलमा बस्दै आएका थिए । होटल संचालकले प्रहरीलाई खबर गरेपछि मात्र प्रहरीले शव निकालेको थियो । उनको मृत्युु हुनाका कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

नेपालस्थित कूटनीतिक समुदायलाई सरकारको ‘ब्रिफिङ’

नेपालस्थित कूटनीतिक समुदायलाई सरकारको ‘ब्रिफिङ’
काठमाडौँ । सरकारले नेपालस्थित कूटनीतिक समुदाय, तिनका परिवार र विदेशी नागरिकलाई आफ्नो क्षमताले भ्याएसम्म स्वास्थ्य सुरक्षा उपलव्ध गराउँदै त्यसमा हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघ, त्यसका विशिष्टिकृत निकाय, नेपालको विकासका साझेदार, विदेशी नागरिक र तिनका परिवारलाई कुनै किसिमका असुविधा हुन नदिनेतर्फ सरकार सचेत रहेको पनि बताएको छ । विश्वव्या...

नेपालमा ‘कोभिड–१९’ परीक्षण गराएका ४६७ जनाको नतिजा ‘नेगेटिभ’

नेपालमा ‘कोभिड–१९’ परीक्षण गराएका ४६७ जनाको नतिजा ‘नेगेटिभ’
ललितपुर । नेपालमा आइतबारसम्म ‘कोभिड–१९’ को परीक्षण गरिएका सबै नतिजा ‘नेगेटिभ’ देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहले आइतबारसम्म ४६७ नेपालीको कोरोनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ अर्थात् सकारात्मक आएको बताए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले सोमबार आयोजना गरेको ‘कोभिड–१९ जानकारी तथा जनचेतना’ विषयको का...

कोरोनाको भयले सामान्य रुघाखोकी लाग्नेहरुको अस्पतालमा भीड

कोरोनाको भयले सामान्य रुघाखोकी लाग्नेहरुको अस्पतालमा भीड
गलकोट- विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको चौतर्फी जोखिम बढेसँगै धौलागिरि अञ्चल अस्पतालमा कोरोनाको भय लिएर आउनेको सङ्ख्या बढ्दो छ । सामान्य रुघाखोकी र ज्वरो आएका बिरामी कोरोनाको आशङ्कामा हतास बनेर आउने क्रम बढेको अस्पतालले जनाएको छ । देश विदेशमा कोरोनाको चर्चा सुनेको र यही बेलामा रुघाखोकी लागेकाले कोरोना आशङ्कामा परीक्षणका लागि अस्पताल आएको जैमिनी नगरपालिकाका व...

अज्ञात समूहद्वारा डोजरमा आगजनी

अज्ञात समूहद्वारा डोजरमा आगजनी
म्याग्दी- अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा आगजनी भएको हो । आगजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर नष्ट भएको र स्काभेटरको आधा भाग जलेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी ...

मिर्गौलापीडित किशोरीद्वारा जीवन रक्षा गरिदिन आग्रह

मिर्गौलापीडित किशोरीद्वारा जीवन रक्षा गरिदिन आग्रह
पोखरा- कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक निवासी मिर्गौला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन याचना गरेकी छन् । सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि १९ वर्षीया किशोरी सुस्मिता परियारले जीवन रक्षा गरिदिन सार्वजानिक अपिल गरेकी हुन् । चिकित्सकका अनुसार उनको दुवै मिर्गौलाले काम गर्न छाडेका छन् । उनी गत फागुन ९ गते स्वास्थ्यमा एक्कासि समस्या आएपछि पोखर...

मदिरा सेवनबाट मृत्यु भएकाको परिवारलाई तीन लाख राहत दिइने

मदिरा सेवनबाट मृत्यु भएकाको परिवारलाई तीन लाख राहत दिइने
धनुषा । धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले रु तीन–तीन लाख राहतस्वरुप प्रदान गर्ने भएको छ । मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सबैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा सोमबार बिहान पुगेर पीडित परिवारलाई समवेदना प्रकट गर्दै सो राहत रकम प्रदान गर्ने घोषणा गरेका हुन् । सो अवसरमा उनले विषाक्त मदिरा वि...

जिपी कोइराला उपचार केन्द्रमा आइसोलेसन कक्ष

जिपी कोइराला उपचार केन्द्रमा आइसोलेसन कक्ष
तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्ष स्थापना गरेको छ । अस्पतालमा २० श्ययाको आइसोलेसन कक्ष निर्माणको तयारी अन्तिम चरणमा पुगेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । “अस्पतालको भवनभित्र एउटा कोठामा आइसोलेसन कक्ष निर्माण भइ...

कालोबजारीबारे जनता आफैँ सचेत हुनुपर्छ : मन्त्री भट्ट

कालोबजारीबारे जनता आफैँ सचेत हुनुपर्छ : मन्त्री भट्ट
काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोभिड–१९ को त्रास देखाउँदै कालो बजारीलाई बढावा दिने जो कोहीलाई कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा मूल समारोह समितिद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महङ्गी र कालोबजारी बारे सम्बन्धित निकायले अनुगमन गरेर दोषीउपर कारवाही गर्ने बताए । उनले भने, “...

कोभिड–१९ विरुद्ध सार्क भिडियो कन्फरेन्समा प्रधानमन्त्रीको सम्बोधन

कोभिड–१९ विरुद्ध सार्क भिडियो कन्फरेन्समा प्रधानमन्त्रीको सम्बोधन
काठमाडौँ- प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष/प्रधानमन्त्रीबीचको साँझ आयोजित भिडियो कन्फरेन्समा सम्बोधन गर्दै कोभिडविरुद्धको सचेतनाबारे नेपालले चालेका कदमबारे जानकारी गराएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सो क...