सभापति देउवाको निर्णयप्रति महामन्त्री कोइरालाको असहमति

सभापति देउवाको निर्णयप्रति महामन्त्री कोइरालाको असहमति
नवलपरासी- नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको नवलपरासी (पश्चिम)को कार्यसमिति यथावत राख्न सभापति शेरबहादुर देउवालाई पत्रमार्फत आग्रह गरेका छन् । सभापति देउवाले नवलपरासी (पश्चिम)मा पार्टीको कार्यवाहक जिल्ला सभापति अर्जुन पोख्रेलको स्थानमा विष्णुप्रसाद पौडेललाई नयाँ सभापतिको जिम्मेवारी तोकेपछि महामन्त्री कोइरालाले असहमति जनाउँदै सो पत्र लेखेका हुन् । ...

विषाक्त मदिरा सेवनले ११ जनाको मृत्यु, पूरै गाउँ शोकमा

विषाक्त मदिरा सेवनले ११ जनाको मृत्यु, पूरै गाउँ शोकमा
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृत्युहुनेको सो सङ्ख्या पुगेको जनाइएको छ । होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएपछि स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक साताअघि मृत्यु भएका पाँचको विषाक्त मद...

चालकको रिहाइ माग गर्दै यातायात सेवा अवरुद्ध

चालकको रिहाइ माग गर्दै यातायात सेवा अवरुद्ध
नुवाकोट- तीन सवारी साधनका चालकलाई नियन्त्रणमा लिइ मुद्दा चलाएको विरोधमा नुवाकोटमा सञ्चालित अधिकांश यातायात समिति र व्यावसायीले सेवा अवरुद्ध बनाएका छन् । काठमाडौँस्थित महानगरीय प्रहरी वृत्त बालाजुले ती सवारी चालकलाई मुद्दा चलाएको जनाइएको छ । गत फागनु २८ गते अपराह्न माछापोखरीमा बस पार्किङ गर्ने क्रममा प्रहरीसँग भएको विवादको विषयलाई लिएर पक्राउ परेका ती चालकलाई प्रहरीले सार्व...

थप ऊर्जा र आत्मविश्वास लिएर प्रधानमन्त्री बालुवाटार फिर्ता

थप ऊर्जा र आत्मविश्वास लिएर प्रधानमन्त्री बालुवाटार फिर्ता
–शरद शर्मा/अशोक घिमिरे काठमाडौँ- “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न केही दिनको अस्पतालको बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्कनेछु”, दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनुअघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए । आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकद्वारा मिर्गौलाको सफल प्रत्यारोपण ग...

हिमपातबाट हवाई उडान अवरुद्ध

हिमपातबाट हवाई उडान अवरुद्ध
हुम्ला । हुम्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकामा शुक्रबार दिनभर हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रका अन्य चार गाउँपालिकाका विभिन्न क्षेत्रमा बर्सात भएको छ । साबिक डाडाफया, स्याडालगायत नाम्खा गाउँपालिकामा भारी हिमपातले जनजीवन कष्टकर बनाएको नाम्खा गाउँपालिका याल्वाङ्ग महाबौद्ध विद्यालयमा कार्यरत नन्दबहादुर भण्डारीले बताए । उत्तरी क्षेत्रमा हिमपातले आवतजावतमा कठिन...

कोरोनाविरुद्ध रणनीति अवलम्बन गर्ने भारतीय प्रस्तावको प्रम ओलीद्वारा स्वागत

कोरोनाविरुद्ध रणनीति अवलम्बन गर्ने भारतीय प्रस्तावको प्रम ओलीद्वारा स्वागत
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन आफ्नो नेतृत्वको सरकार सार्क सदस्य राष्ट्रका नेतृत्वसँग निकट सम्पर्कमा रहेर काम गर्न तत्पर रहेको बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई शुक्रबार गरेको ट्विटको प्रधानमन्त्री ओलीले स्वागत गर्दै...

एघार दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री ओली डिस्चार्ज

एघार दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री ओली डिस्चार्ज
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न उनी यही फागुन १९ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । प्रधानमन्त्रीको पछिल्लो पटक फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण सफल...

पार्टीभित्र विचार होइन भागबन्डाको लडाइँ छ : नेता कोइराला

पार्टीभित्र विचार होइन भागबन्डाको लडाइँ छ : नेता कोइराला
गोरखा- नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले काँग्रेसभित्र विचार नभई भागबन्डाको लडाइँ रहेको बताएका छन् । नेपाली काँग्रेस गोरखाले शुक्रबार पार्टी कार्यालय तीनधारेमा आयोजना गरेको जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने, “पार्टीभित्र विचारको लडाइँ छैन, भागबन्डाको लडाइँ छ, मलाई त्यहाँनेर चित्त दुखेको छ ।” विचारका आधारमा गुट नबनेकाले पार्टीमा...

शनिबारदेखि नेपाल प्रवेश गर्दा दुई साता क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान

शनिबारदेखि नेपाल प्रवेश गर्दा दुई साता क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान
काठमाडौँ- कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई मध्यनजर गर्दै अध्यागमन विभागले विदेशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरेको छ । विदेशबाट आउने नेपाली नागरिक तथा विभिन्न उद्देश्यले नेपाल आउने विदेशी नागरिकका लागि अध्यागमन विभागले विभिन्न शर्त पालना गर्नुपर्ने गरी सूचना जारी गरेको हो । विभागका अनुसार कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ निलम्बन ...

अनेरास्ववियुका नेता राईलाई बलात्कार मुद्दामा कैद सजाय

अनेरास्ववियुका नेता राईलाई बलात्कार मुद्दामा कैद सजाय
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई बलात्कार मुद्दामा साढे ८ वर्ष कैद सजाय निर्धारण गरिएको छ । जिल्ला अदालत काठमाडौंले राईविरुद्ध दायर मुद्दामा सजाय सुनाउँदै यस्तो आदेश गरेको हो । त्यस्तै, राईबाट पीडितलाई क्षतीपूर्तिबापत डेढ लाख रुपैयाँ भ...