नक्कली चिकित्सक दीपेन्द्र काफ्ले पक्राउ

नक्कली चिकित्सक दीपेन्द्र काफ्ले पक्राउ
सुर्खेत- अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा संलग्न दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको हो । नेपाल मेडिकल काउन्सिल बाँसबारीको यही फागुन ५ गतेको पत्र अनुसार छानबिन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोको यही ...

घरेलु मदिरा सेवनबाट छ जनाको मृत्यु

घरेलु मदिरा सेवनबाट छ जनाको मृत्यु
धनुषा- धनुषामा घरेलु मदिरा सेवनबाट एकै गाउँका छ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट बिहीबार राति छ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–२ रमैदयाका ३५ वर्षीय बह्मदेव यादव, ३० वर्षीय राजु महरा, ३६ वर्षीय गुदरी महरा, ३० वर्षीय रामनारायण महरा, ४२ वर्षीय बिलास मण्डल ...

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु भएको छ । म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए । उनका अनुसार सुरजको घटनास्थलमै र दिनेशको कैलालीको धनगढीस्थित माया मे...

‘कोभिड–१९’ प्रभावका कारण श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

‘कोभिड–१९’ प्रभावका कारण श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित
काठमाडौँ- कोरोना भाइरस (कोभिड–१९)ले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ । नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले ‘अर्को सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने’ निर्णय गरेपछि श्रम स्वीकृति प्रदान गर्ने कार्य...

कोभिड–१९ सचेतना : नमस्कार गरौँ ,सङ्क्रमण हुनबाट बचौँ

कोभिड–१९ सचेतना  : नमस्कार गरौँ ,सङ्क्रमण हुनबाट बचौँ
तनहुँ- कोभिड–१९ को सङ्क्रमणबाट बच्न तनहुँ जिल्लाका दसवटै स्थानीय तहले सचेतनामा जोड दिएका छन् । कोरोना भाइरस श्वासप्रश्वास, हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाका माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग हुन स्थानीय तहले आह्वान गरेको छ । शुक्लागण्डकी नगरपालिकाको केही दिन अगाडि सम्पन्न छैठौँ नगरसभाले सो भाइरसबाट बच्न संयमित भई सतर्कता अपनाउन आग्र...

कोरोना भाइरसको सन्त्रासले संकटमा होटल व्यवसायी

कोरोना भाइरसको सन्त्रासले संकटमा होटल व्यवसायी
बनेपा- कोरोना भाइरस (कोभिड–१९)को सन्त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि यहाँका होटल व्यवसायी संकटमा परेका छन् । काठमाडौँबाट नजिकैको प्राकृतिक सौन्दर्ययुक्त स्थान काभ्रेपलाञ्चोकको धुलिखेल, बल्थली, नगरकोटलगायत आसपासका होटलमा यतिबेला पर्यटकको चहलपहल स्वाट्टै घटेको छ । पर्यटकहरुको आगमन घटेपछि व्यवसाय घटेको धुलिखेल नगरपालिका–८ स्थित होटल सारथीका प्रबन्धक अनिल ...

पत्रकार साहको हत्या अभियुक्त कारागार चलान

पत्रकार साहको हत्या अभियुक्त कारागार चलान
वीरगञ्ज- पत्रकार वीरेन्द्र साहको हत्या गरेका कुन्दन भन्ने नरेन्द्र फौजदारलाई जिल्ला अदालत बाराले पुर्पक्षका लागि वीरगञ्ज करागार पठाउने आदेश गरेको छ । न्यायाधीश खिलनाथ रेगमीको एकल इजलासले फौजदारलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका प्रवक्ता कौसर ज्ञवालीले जानकारी दिए । बिहीबार भएको थुनथेक बहसपछि अदालतले कारागार पठाउने आदेश गरेको बताइएको छ । लागूऔषध मुद्दास...

कोरोना फैलिन नदिन प्रदेश नं ५ मा पूर्वतयारी

कोरोना फैलिन नदिन प्रदेश नं ५ मा पूर्वतयारी
रुपन्देही- कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन प्रदेश नं ५ मा पूर्वतयारी थालिएको छ । प्रदेशमा अहिलेसम्म यो रोग देखा नपरे भए पनि उच्च जोखिममा रहेको हुँदा यसको नियन्त्रणका लागि पूर्वतयारी थालिएको हो । प्रदेशका सीमा नाकाबाट भित्रिने र बाहिर जाने अन्य मुलुकका सवारी साधनलाई प्रवेशमा रोक लगाउने तयारी गरिएको छ । खुला सीमा भएका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेपछि...

भारतले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सीमामा कडाइ

भारतले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सीमामा कडाइ
काठमाडौँ- भारतले कोरोना भाइरसको संक्रमण फैलन नदिन एक महिनाको लागि भिसा बन्द गरी सीमामा कडाइ गर्ने निर्णय लिएको छ । मध्यराति १२ बजेबाट लागू हुने गरी अप्रिल १५ सम्मका लागि भारतले भिसा बन्द गरी सीमामा कडाई गर्ने निर्णय लिएको हो । तर, यो निर्णयले नेपाल र भुटानलाई भने कुनै असर नगर्ने भएको छ । नेपाल र भुटानका नागरिकलाई भारत प्रवेश गर्न भिसा चाहिँदैन । इन्डियन एक्सप्रेसका अनुसार भा...

बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु

बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु
बाँके- बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । भे१ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मृतकको नाम र ठेगाना अझै खुल्न नसकेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । दुर्घटनामा घाइते दुईको...