ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
धादिङ । बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदी पुल नजिकै आज बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँतर्फ जाँदै गरेको बीआर०६जिडी ८६७१ नंको भारतीय ट्रकले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४प ३९८९ नंको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । ट्रकको ठ...

राष्ट्रियसभा सदस्य उपाध्यायको निधन

राष्ट्रियसभा सदस्य उपाध्यायको निधन
काठमाडौँ- राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा आज निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट थलिएका उनको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित आफ्नै निवासमा निधन भएको प्रदेशसभा सदस्य फकरुद्दिन खानले जानकारी दिए । नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य बनेका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । ...

असुरक्षाका कारण सप्तकोशीमा सात पानीजहाज बन्द

असुरक्षाका कारण सप्तकोशीमा सात पानीजहाज बन्द
विराटनगर- असुरक्षाको कारण देखाउँदै सप्तकोशी नदीको सुनसरीस्थित चतराबाट सञ्चालन हुँदै आएको पानीजहाज बुधबारदेखि बन्द भएको छ । विगत दुई वर्षदेखि व्यावसायिकरुपमा सात पानीजहाज सञ्चालन हुँदै आएको थियो । सञ्चालकले बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय नदी किनाराका केहीले हुलहुज्जत गर्दै कमिशनको माग, बिना टिकट यात्रा, रोजगारी, अनाधिकृत बुकिङलगायतक माग राखी जहाज सञ्चालनमा ...

कोरोना भाइरसबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ

कोरोना भाइरसबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ
बाँके- विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस जाँचका लागि नेपाल–भारत सीमानाका जमुनाहामा ‘कोरोना हेल्थ हेस्क’ स्थापना भएको छ । कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन भारतबाट आउने नेपालीको स्वास्थ्य जाँचका लागि नाकामा हेल्थ डेस्क सञ्चालनमा छ । सटर भाडामा लिएर सञ्चालनमा ल्याइएको सो हेल्थ हेस्कमा हरेक दिन एक जना स्वास्थ्य जाँचका लागि खटिन्छन् । तर, कोरोना हेल्थ हेस्क हरेक दिन सु...

दुर्घटनामा तीनको मृत्यु

दुर्घटनामा तीनको मृत्यु
धादिङ- धादिङको गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपलिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ अर्चलेस्थित मलेखु ताल्ती सडकखण्डमा मलेखुबाट ताल्तीतर्फ जाँदै गरेको ना२ख ५०५७ नंको बसले सात वर्षीय प्रज्वल गुरुङलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । बालकको शव परीक्षणका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको छ । ठक्कर...

देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउँछौँ : मन्त्री अर्याल

देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउँछौँ : मन्त्री अर्याल
पोखरा- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले बालुवाटारमात्र नभई देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने दाबी गरेकी छन् । उनले २६४ बिघा सरकारी जग्गा कानूनीरूपमै फिर्ता गरिसकेको जानकारी दिइन् । सहकारी विभागद्वारा आयोजित स्थानीय तहका पदाधिकारीबीच सहकारी नियमन तथा प्रवद्र्धन विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले १३ बिघा फिर्ताको अन्तिम ...

जनयुद्धको नक्कल गरेर विद्रोह असम्भव : प्रचण्ड

जनयुद्धको नक्कल गरेर विद्रोह असम्भव : प्रचण्ड
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका छन् । नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभा’मा प्रचण्डले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा ...

सत्य निरूपणमा सातो जाने गरी उजुरी आयो : प्रचण्ड

सत्य निरूपणमा सातो जाने गरी उजुरी आयो : प्रचण्ड
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख दलहरूबीच सहमति हुन नसक्दा सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमा सात्तो जाने गरी उजुरी परेको बताएका छन् । जनक्रान्तिका घाइते तथा अपाङ्‌ग संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले सत्य निरूपणमा अनावश्यक उजुरी परेको बताएका हुन् । ‘सत्य निरूपण आयोगमा सात्तो जाने गर...

भ्रष्टाचार आरोपित न्यायाधीशद्वारा सर्वोच्चमा रिट

भ्रष्टाचार आरोपित न्यायाधीशद्वारा सर्वोच्चमा रिट
चितवन- चितवन जिल्लाका न्यायाधीश विनोदकुमार गौतमले ललिता निवास रहेको बालुवाटारको जग्गा प्रकरणमा आफूलाई कारवाही नगर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । भ्रष्टाचारको आरोप लागेको जिल्ला न्यायाधीश गौतमले वारेस मञ्जिल खनालमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विपक्षी बनाई दायर गरिएको रिट निवेदनमा काम कारबाही नगर्न माग गरिएको छ । रिट निवेदनमा नेपाल...

प्रहरी महानिरीक्षकद्वारा पदभार ग्रहण

प्रहरी महानिरीक्षकद्वारा पदभार ग्रहण
काठमाडौँ- नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज प्रहरी प्रधान कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन् । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिह्न प्राप्त गरेलगत्तै उहाँले कार्यकक्षमा पुगेर आज पदभार ग्रहण गरेका हुन् । उनलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहसहित, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्र...