भिडियोमा खेलाइदिन्छु भनी किशोरी बेच्न खोज्ने दुई जना प्रहरी खोरमा

भिडियोमा खेलाइदिन्छु भनी किशोरी बेच्न खोज्ने दुई जना प्रहरी खोरमा
गोरखा- किशोरीलाई बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ वर्षीय भीमबहादुर ढकाल र सोही ठाउँका ३९ वर्षीय रामबाबु दुतराजलाई पक्राउ गरेको हो । यही माघ २४ गते ललाइफकाइ किशोरीलाई बिक्रीका लागि लगेको र बालिकाले शंका लागि भागेर घर फर्किएपछि घटना सार्वजनिक भएको गोरखाका प्रहरी नायब उप...

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु
सिरहा- सिरहाको नरहा गाउँपालिका–५ स्थित पानबारी चोकमा आज यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । सिरहाबाट धरान जाँदै गरेको ना ४ ख ९२४१ नम्बरको यात्रुबाहक बसले सदरमुकाम सिरहातर्फ आउँदै गरेको लु १६ प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका–३ निवासी ४५ वर्षीय शैलेन्द्र मण्डल र २९ वर्षीय अमन मण्डलको मृत्यु भएको जिल्ला प्रहरी...

वाइड बडी जहाजमार्फत चीनको हुवेइ प्रान्तबाट नेपाली ल्याइने

वाइड बडी जहाजमार्फत चीनको हुवेइ प्रान्तबाट नेपाली ल्याइने
काठमाडौँ- सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ । चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिका...

सीमा रक्षाका लागि सशस्त्र प्रहरी बल सक्रिय : महानिरीक्षक खनाल

सीमा रक्षाका लागि सशस्त्र प्रहरी बल सक्रिय : महानिरीक्षक खनाल
कलैया- सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शान्ति सुरक्षा, सीमा रक्षाका लागि सशस्त्र प्रहरी बल अहोरात्र खटिरहेको बताएका छन् ।कबहीगोठ गाँउपालिका–२ मा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्टको नवनिर्मित भवनको आज उद्घाटन गर्दै चोरी पैठारी नियन्त्रण गर्नका लागि विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिए । महानिरीक्षक खनालले सीमा रक्षाका लागि सक्रिय भई निगरानी बढाउन निर्देशन...

अवैध यौन सम्बन्धले लियो ज्यान

अवैध यौन सम्बन्धले लियो ज्यान
–अन्जना पराजुली विराटनगर । दुई छोरीकी एक आमाले अवैध यौन सम्बन्धका कारण ज्यान गुमाउनुपरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले यही माघ २४ गते विराटनगर–१२ मलङ्गवाको चक्रपथस्थित उखुबारीमा हत्या गरी बेवारिस अवस्थामा फेला पारेको थियो । महिलाको ज्यान जानुको कारण अवैध यौन सम्बन्ध रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सुनसरीको दुहवी नगरपालिका–६ बस्...

चीनबाट फर्काउने नेपालीलाई उपत्यकामा राख्नु खतरनाक : बिजुक्छे

चीनबाट फर्काउने नेपालीलाई उपत्यकामा राख्नु खतरनाक : बिजुक्छे
भक्तपुर- भक्तपुरमा रहेका राजनीतिक दलका नेता एवं जिल्ला प्रमुखहरूले सरकारले चीनबाट नेपाल फर्काउन लागेका नेपालीलाई भक्तपुरमा राख्ने गरी क्वारेन्टाइन राख्न लागेकामा आपत्ति जनाएका छन् । उनीहरुले सरकारको निर्णय तत्काल सच्याउन माग गर्दै उपत्यकाको घनाबस्ती कतै पनि क्वारेन्टाइन बनाउन नहुने बताएका हुन् । यसबारेमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले चीनबाट फर...

चीनमा रहेका नेपालीको उद्धार गर्न आयोगको आग्रह

चीनमा रहेका नेपालीको उद्धार गर्न आयोगको आग्रह
काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले मित्रराष्ट्र चीनको हुवेई प्रान्तमा रहेका नेपालीको जीवन जोखिममा पर्नसक्ने भएकाले स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ । आयोगमा आइतबार बसेको आकस्मिक बैठकले उक्त प्रान्तमा भएका नेपालीको संवेदनशीलतालाई बुझी सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन सरकारसँग आग्रह गरिएको हो । बैठकले सरकारलाई आफ्ना नागरिकहरूलाई शीघ्र सुरक्षितरूपमा स्वदेश फर्क...

दाउरा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु १३ घाइते

दाउरा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु १३ घाइते
सिन्धुली- दुधौली नगरपालिका–४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु र १३ घाइते भएका छन् । मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामीको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार दुधौली नगरपालिका वडा नं १ टोड्केपानी जङ्गलबाट दाउरा लिएर डकाह...

प्रेस युनियन तनहुँको अध्यक्षमा नहर्की निर्वाचित

प्रेस युनियन तनहुँको अध्यक्षमा नहर्की निर्वाचित
तनहुँ- नेपाल प्रेस युनियन तनहुँ शाखाको सातौँ अधिवेशनबाट अमरराज नहर्की अध्यक्ष पदमा निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनले उहाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा निर्वाचित नहर्कीले ३० मत र उनको प्रतिस्पर्धी पवन पौडेलले १९ मत प्राप्त गरेका थिए । यसैगरी सचिवमा प्रकाश अधिकारी ३० मत ल्याइ निर्वाचित भए । कूल ६४ सदस्यमध्ये ५० मत खसे...

राप्ती नदीमा डुबेर एक बेपत्ता

राप्ती नदीमा डुबेर एक बेपत्ता
बाँके- बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् । कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आएका शिव शर्मा वनभोजपछि सो नदीमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । शनिबार अपराह्न बेपत्ता भएका उनलाई हालसम्म फेला पार्न नसकिएको...