राजनीतिक पूर्वाग्रहका साथ सरकारअघि बढ्यो : नेता सिंह

राजनीतिक पूर्वाग्रहका साथ सरकारअघि बढ्यो : नेता सिंह
चितवन- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले राजनीतिक रुपमा पूर्वाग्रही भएको बताएका छन् । चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री र जग्गाधनी पूर्जा भएका व्यक्तिलाई उन्मुक्ति दिएर फाइल अगाडि बढाउनेलाई मुद्दा दायर गरेको बताए । उनले भने, “मन्त्रिपरिषद्को सर्वोच्च कमान्डर प्रधानमन्त्री हुन्छ, त्यहाँबाट हुने कुनै...

बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र डा भट्टराईलाई पनि कारबाही गर्नुपर्छः पहाडी

बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र डा भट्टराईलाई पनि कारबाही गर्नुपर्छः पहाडी
काठमाडौँ- मानवअधिकारवादी कृष्ण पहाडीले जनताको ठूलो त्याग र उत्साहबाट स्थापित लोकतान्त्रिक गणतन्त्रमाथि नेताहरुको भ्रष्ट आचरण, तिनलाई राज्य संयन्त्रबाट हुने उन्मुक्ति र दण्डहीनताका कारण खतरा बढेको बताएका छन् । मानवअधिकार तथा शान्ति समाजको संस्थापक सभापतिसमेत रहेका पहाडीले आज विज्ञप्ति जारी गरी बहुचर्चित बालुवाटार जग्गा अनियमितता प्रकरणमा गहिरो अनुसन्धान एवं अध्ययनले उक्त प्रकरण...

संविधान संशोधन नभए आन्दोलनमा जान्छौँ : अध्यक्ष यादव

संविधान संशोधन नभए आन्दोलनमा जान्छौँ : अध्यक्ष यादव
सुनसरी- संविधान संशोधन भएन भने आन्दोलनमा जाने समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा आज आयोजित कार्यक्रममा अध्यक्ष यादवले आफ्नो पार्टीको प्रमुख माग नै संविधान संशोधन भएकाले संविधान संशोधन भएन भने आन्दोलनमा जानुको विकल्प नरहेको बताए । उनले सबै जातजाति, भाषाभाषीको अधिकार संविधान संशोधनको माध्यमबाट मात्र पूरा हुने भएक...

चट्याङ लागेर तीन जनाको मृत्यु

चट्याङ लागेर तीन जनाको मृत्यु
घोराही- दाङ र आसपासको क्षेत्रमा आज दिउँसो हावाहुरीसहित पानी आएको बेला परेको चट्याङमा जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा तीनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुसार तुलसीपुरमा एक महिला र एक बालिकाको चट्याङ लागेर मृत्यु भएको छ भने घोराहीमा एक बालकको चट्याङमा परी मृत्यु भएको छ । प्रहरीका अनुसार दिउँसो करीब १ः०० बजे तुलसीपुर उपमहानगरपालिका वडा नं ७ निवास...

एघार हजार भोल्टको विद्युतीय झड्काबाट एक युवकको मृत्यु

एघार हजार भोल्टको विद्युतीय झड्काबाट एक युवकको मृत्यु
सिन्धुली- दुधौली नगरपालिका–१० पटियानीमा विद्युतीय झड्कामा परेर युवाको मृत्यु भएको छ । विद्युतीय झड्का लागेर गम्भीर घाइते भएका ३६ वर्षीय कृष्ण कटुवालको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका जानकारी दिए । पटियानीस्थित सार्वजनिक नर्सरीमा काँडेतार लगाउन खम्बा गाड्न रड सिधा गर्ने क्रममा ११ हजार भोल्ट करेन्टको प्रशार...

सरकार र अख्तियारप्रति कांग्रेस आक्रामक : पूर्वाग्रही कदमविरुद्ध सदन र सडक संघर्षमा

सरकार र अख्तियारप्रति कांग्रेस आक्रामक : पूर्वाग्रही कदमविरुद्ध सदन र सडक संघर्षमा
-हृदयेन्द्र अनुरागी काठमाडौँ- सरकारप्रति नरम प्रतिपक्षीको भूमिका खेल्दै आएको कांग्रेसले आफ्ना नेता उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रह राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेपछि उक्त कार्यको विरोधमा सदनदेखि सडक संघर्ष गर्ने भएको छ । शुक्रबार कांग्रेसका भातृसंंगठनहरु माइतीघर मण्डलामा भेला भई सरकारविरुद्ध संघर्षमा उत्रिएका हुन् । अख्तिय...

कार सिकाउँदा दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

कार सिकाउँदा दुर्घटना : एक जनाको मृत्यु, एक घाइते
बैतडी- कार सिकाउँदै गर्दा दुर्घटना हुँदा बिहीबार राति एक जनाको मृत्यु तथा एक घाइते भएका छन् । मृत्यु हुनेमा कारधनी दशरथचन्द नगरपालिका–४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । दुर्घटनामा परी कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते भएका छन् । बा६प ९१९९ नंको सो कार दश...

नौ वर्षीया बालिकाको चितुवा आक्रमणबाट मृत्यु

नौ वर्षीया बालिकाको चितुवा आक्रमणबाट मृत्यु
पोखरा- चितुवाको आक्रमण परी पोखरामा एक बालिकाको अकालमा मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । दीपक र अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गरेका थिए । जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने ...

अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउँदैनन् : वरिष्ठ नेता नेपाल

अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउँदैनन् : वरिष्ठ नेता नेपाल
विराटनगर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँगको भेटघाटमा उनले निर्दोष र निरापराधी फस्न नहुने कुरामा जोड दिए । पूर्वप्रधानमन्त्री नेपालले एमसिसीका विषयमा अनुचित शर्त रहन नहुने भन्दै यसका लागि छुट्टै एक कार्यदल बनेको र यसले यस विषयमा गहन अध्ययन गरिर...

चीनबाट ल्याइएका विद्यार्थीलाई चार ठाउँमा राखिने

चीनबाट ल्याइएका विद्यार्थीलाई चार ठाउँमा राखिने
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको विशेष बैठकमा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा रहेका क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न निर्देशन दिनुभएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकार...