सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु

सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु
गौशाला- महोत्तरीका दुई अलगअलग स्थानमा भएको सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ । आज दिउँसो यात्रुवाहक बससँग मोटरसाइकल ठोक्किदा पिपरा गाँउपालिकाका १७ वर्षीय राजेन्द्र शर्माको घटनास्थलमै मृत्यु भएको छ । जलेश्वरबाट जनकपुरतर्फ गइरहेको ज१ख ७५८ नम्बरको यात्रुवाहक बससँग ज७प ८५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालका शर्माको घटनास्थलमै मृत्यु भएका जिल्ला प्रहरी कार्याल...

मुलुकको सुरक्षा र एकताका लागि सेना सधैँ अग्रसर : प्रधानसेनापति थापा

मुलुकको सुरक्षा र एकताका लागि सेना सधैँ अग्रसर : प्रधानसेनापति थापा
कैलाली- प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको सुरक्षा र एकता कायम गर्न सेना सधैँ अग्रसर रहेको बताएका छन् । कैलालीको आज गोदाबरी नगरपालिकास्थित सेनाको तेघरी ब्यारेकमा आयोजित सुदूरपश्चिम प्रदेश भुपूसैनिक सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानसेनापति थापाले नेपाली सेना राष्ट्रिय एकताको प्रतिक भएको बताए । सेनाको पहलमा एकीकरण पदमार्ग निमार्ण भइरहेको स्मरण गराउँदै उनले विखण्डनक...

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ : प्रचण्ड

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ : प्रचण्ड
लहान- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सरकार र आफ्नो पार्टी तयार रहेको बताएका छन् । भ्रमण वर्ष २०२० लाई लक्षित गरी सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकास्थित महेशबारीमा आजदेखि सुरु भएको झण्डा मेला महोत्स २०७६ को उद्घाटन गर्दै उनले भने, “मधेशी, जनजाति उपेक्षित समुदायको अधिकार सुनिश्चित गर्ने बाटो...

नेता गच्छदारमाथिको मुद्दा पूर्वाग्रहपूर्ण : काँग्रेस

नेता गच्छदारमाथिको मुद्दा पूर्वाग्रहपूर्ण : काँग्रेस
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दालाई पूर्वाग्रहपूर्ण र राजनैतिक बदनियतले प्रेरित भएको ठहर गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा काँग्रेस पदाधिकारी एवं पूर्वपदाधिकारीको आज बसेको बैठकले सो मुद्दालाई पूर्वाग्रहपूर्ण र राजनैतिक बदनियतले प्रेरित भएको ...

ललिता निवास जग्गा प्रकरणमा निर्दाेष फस्नु हुन्न : डा भट्टराई

ललिता निवास जग्गा प्रकरणमा निर्दाेष फस्नु हुन्न : डा भट्टराई
काठमाडौँ- सांसदहरुले ललिता निवासको जग्गा प्रकरणमा कोही दोषी उम्कन नहुने र निर्दाेष फस्न नहुनेमा जोड दिएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सांसदहरुले उक्त विषयमा गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्छ भन्नेमा आफू स्पष...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौँ- काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित अन्डरपास सडकमा आज बिहान भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक रौतहट कथहरिया गाउँपालिका–४ निवासी १९ वर्षीय राकेशकुमार चौधरी र सोही मोटरसाइकलमा सवार सोही गाउँपालिका–७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई टिप्परले ठक्कर दिएको र उपचारका क्रममा उनीहरुको मृ...

सिमकोटमा रुघाखोकीका चार सय बिरामी, १४ जनाको मृत्यु

सिमकोटमा रुघाखोकीका चार सय बिरामी, १४ जनाको मृत्यु
सिमकोट- सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा रुघाखोकी र भाइरल ज्वरोका बिरामीले गाउँ नै थलिएको छ । गाउँका ३६५ जना रुघाखोकी र भारइल ज्वरोले बिरामी भएका छन् । सिमकोटबाट आठ कोस टाढा रहेको स्याडामा मौसमी रुघाखोकी र भाइरल ज्वरोका बिरामीप्रति सरोकार निकाय मौन भएको स्थानीयवासीले बताएका छन् । मौसमी रुघाखोकीबाट पाँच जनाको अवस्था चिन्ताजनक रहेको स्याडा स्वास्थ्य चौकीका वरिष्ठ अहेव अर्जुन का...

गच्छदार मुद्दामा प्रतिशोध साँधेको भन्दै कांग्रेसद्वारा संसद् अवरोध

गच्छदार मुद्दामा प्रतिशोध साँधेको भन्दै कांग्रेसद्वारा संसद् अवरोध
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भेदभावपूर्ण व्यवहार भएको भन्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेको छ । सो पार्टीका सांसदको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो । बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर काँग्रेसका सचेतक पुष्पा भुसालले तत्कालीन सरकारले गरेका नि...

ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर

ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको अभियोगमा पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगले बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गा हिनामिना गरेको ...

कोरोना प्रभावित क्षेत्रबाट नेपालीलाई उद्धार गर्न ध्यानाकर्षण

कोरोना प्रभावित क्षेत्रबाट नेपालीलाई उद्धार गर्न ध्यानाकर्षण
काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चीनको वुहान प्रान्तबाट फैलिएको नोभेल कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको भन्दै प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा नेकपाका सांसद कोमल ओलीले विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको नेपालमा कस्तो अवस्था छ ? भनेर प्रश्न गरिन् । चीनको प्रभावित क्षेत्...