चार शहीदको पूर्ण कदको सालिक निर्माण

चार शहीदको पूर्ण कदको सालिक निर्माण
काठमाडौँ- शहीद सप्ताह चलिरहँदा काठमाडौँ महानगरपालिकाले चार शहीदको पूर्ण कदको सालिक प्रतिस्थापन गरेको छ । यसअघि वडा नं ७ सिफलमा शहीद धर्मभक्त माथेमाको र गत वर्ष वडा नं १२ स्थित टेकु मचलीमा शुक्रराज शास्त्रीको पूर्ण कदको सालिक प्रतिस्थापन गरिसकिएको थियो । शहीद सप्ताहको तेस्रो दिन आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको सालिक अनावरण गरिएको छ । विसं १९९७ मा प्रजातन्त्र...

सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ

सात वर्षीया छोरीलाई करणी गर्ने पक्राउ
झापा- आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी ...

संसद्को प्रतिष्ठा उच्च बनाउन भगिरथ प्रयत्न गर्नेछु : सभामुख

संसद्को प्रतिष्ठा उच्च बनाउन भगिरथ प्रयत्न गर्नेछु : सभामुख
काठमाडौँ- नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्को प्रतिष्ठा उच्च बनाई राख्न आफ्नो भगिरथ प्रयत्न रहने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आफू सभामुख पदमा निर्वाचित भएकामा बधाई तथा शुभकामना व्यक्त गर्ने सम्पूर्ण सांसदप्रति आभार प्रकट गर्दै उनले सदनलाई सफलताका साथ सञ्चालन गर्न हरसम्भव प्रयासरत रहने उल्लेख गरे । उनले सदनको कामकारवाही अगाडि बढाउन सबै राजनीतिक द...

शैक्षिक विकासमा समुदायको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति

शैक्षिक विकासमा समुदायको भूमिका महत्वपूर्ण : पूर्वराष्ट्रपति
तनहुँ- पूर्वराष्ट्रपति डा रामवरण यादवले शिक्षा क्षेत्रको विकासका लागि समुदायको महत्वपूर्ण भूमिका रहने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको आज स्वर्णमहोत्सवमा पूर्व राष्ट्रपति यादवले समुदायको निरन्तर खबरदारी रहे शिक्षा क्षेत्रको विकास सम्भव हुने विश्वास व्यक्त गरे । समुदाय, शिक्षक र अभिभावकको हातेमालोबाट शिक्षाको गुणस्तर ...

एमसिसी छिटो पारित गर्नुपर्छ : प्रधानमन्त्री

एमसिसी छिटो पारित गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) छिटो पारित गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले सो विषयमा आगामी बैठकमा विस्तारमा राखिने बताए । उनले संसद्लाई नियमसम्मत ढङ्गले अघि बढाउन सभामुखलाई सफलता मिल्ने कामना गर्दै सहयोगको प्रतिबद्धता जनाए । “समाजको चरित्र पनि मेलमिलापयुक्त तरिकाले अघि बढेकाले स...

राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय हुन्छ : प्रवक्ता श्रेष्ठ

राष्ट्रिय हितका आधारमा एमसिसीबारे निर्णय हुन्छ : प्रवक्ता श्रेष्ठ
काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पाेरेस’ (एमसिसी) सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताएका छन् । प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीका पदाधिकारीसँग मंगलबार आफ्नो निवास हात्तिवनमा कुरा गर्दै प्रवक्ता श्रेष्ठले सोबारे राष्ट्रिय हितका आधारमा हेरेर निर्णयमा पुगिने...

तीन ट्रक एकापसमा ठोक्किँदा तीनको मृत्यु, दुई गम्भीर घाइते

तीन ट्रक एकापसमा ठोक्किँदा तीनको मृत्यु, दुई गम्भीर घाइते
रुपन्देही- रुपन्देहीको रोहिणी गाउँपालिकामा तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४ सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक आपसमा ठोक्किँदा ट्रकमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको ...

संसद् चलाउन विपक्षलाई विश्वासमा लिनुपर्छ : सभापति देउवा

संसद् चलाउन विपक्षलाई विश्वासमा लिनुपर्छ : सभापति देउवा
काठमाडौँ- नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै उनले भने, “सभामुख तटस्थ र निष्पक्ष पद हो । संसद् विपक्षीको हो भन्ने कुरा ध्यान दिन आग्रह गर्छु । सत्तापक्षले संसद्मा ल्याउने कानूनका बारेमा आलोचना गर्न...

अपराधीको हकमा जोसुकैलाई कारबाही हुन्छ : प्रहरी महानिरीक्षक

अपराधीको हकमा जोसुकैलाई कारबाही हुन्छ : प्रहरी महानिरीक्षक
भक्तपुर- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी अपराधीको हकमा जोसुकै भए पनि कडारूपमा प्रस्तुत भएर कारबाही प्रक्रियामा अगाडि बढ्ने बताएका छन् । जोसुकै व्यक्तिले अपराध गरे पनि कुनै बहानामा छुट नदिई कानूुको कठघरामा उभ्याउने, भ्रष्टाचारको विरोध र सुशासन कायम गर्न नेपाल प्रहरी खटिएको बताए । सूर्यविनायक नगरपालिका–६ कटुञ्जेमा निर्माण सम्पन्न भएको महानगरीय ट्राफिक प्रहरी क...

प्रहरीले आस्था राउतलाई थुन्ने आदेश दिएर अधिकारको दुरुपयोग गर्‍यो : कोमल ओली

प्रहरीले आस्था राउतलाई थुन्ने आदेश दिएर अधिकारको दुरुपयोग गर्‍यो : कोमल ओली
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद् कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारबाही अगाडि बढाएको आरोप लगाएकी छन् । राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा उनले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको हुँदा अनुसन्धान नै नगरी चार दिन थुन्ने आदेश गर्नु गलत भएको टिप्पणी गरिन् । “फौजदारी न्यायको सिद्धान्तले पहि...