अपराधको पराकाष्ठा : तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

अपराधको पराकाष्ठा : तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या
कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । सोमबार बेलुकी घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त चुनारा पक्राउ परिसकेको बताउँदै घटनाबारे विस्तृतमा अनुसन्धान...

शिक्षामा लगानी बढाउन आवश्यक : प्रचण्ड

शिक्षामा लगानी बढाउन आवश्यक : प्रचण्ड
चितवन- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताएका छन् । चितवनको इच्छाकामना–४ कुरिनटारमा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा भएकाले राष्ट्र र समाजको विकासका लागि शिक्षामा लगानी ...

लोकसेवा आयोग विधेयकमा सहमति

लोकसेवा आयोग विधेयकमा सहमति
काठमाडौँ- प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा लोकसेवा आयोगसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सहमति भएको छ । उक्त विधेयकका सम्बन्धमा दफावार छलफलका क्रममा सदस्यहरुले दिएको सुझावका आधारमा समिति सचिवालयले तयार गरेको प्रतिवेदनमाथि समितिको आजको बैठकमा सदस्यबीच सहमति कायम भएको हो । नेपालको संविधानको धारा २४३ मा निजामती सेवाको पदमा नियुक्तिका लागि उपय...

देवघाट ५ लाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा

देवघाट ५ लाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा
तनहुँ- देवघाट गाउँपालिका–५ लाई सुरक्षित खानेपानी वडा घोषणा गरिएको छ । विभिन्न महत्वपूर्ण १० सूचक पूरा गरेपछि सो वडालाई नेपालकै पहिलो सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो । युनिसेफको आर्थिक सहयोग र उत्पीडित समुदाय विकास तथा अनुसन्धान केन्द्र (कोस्डर) गोरखाको प्राविधिक सहयोगमा सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले बताए । सु...

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित
काठमाडौँ- प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिको आइतबकारको बैठकको बहुमतले विधेयक पारित गरेको हो । बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकका १३१ दफामध्ये ३६ बुँदामा संशोधन भएको, फरक मत राख्ने सांसदहरुको आठ बुँदा पनि संशोधनमा समावेश गरी पारित भएको जानकारी दिए । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त...

चिसोका कारण सिरहाका विद्यालयमा पाँच दिन बिदा

चिसोका कारण सिरहाका विद्यालयमा पाँच दिन बिदा
सिरहा- विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए । बर्खे बिदाबाट कटौती हुनेगरी नगरभरिका...

विरोधीलाई पानीमा जहाज चल्छ भन्ने पनि थाहा छैन : प्रधानमन्त्री

विरोधीलाई पानीमा जहाज चल्छ भन्ने पनि थाहा छैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा मुलुकले फड्को मारिसकेको दाबी गरेका छन् । प्रेस संगठनले आयोजना गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा उनले असाधारण ढंगले सरकारले नयाँ काम अघि सारेकाले विकासका काम तीव्ररुपमा अघि बढेपछि विरोधी अत्तालिएको बताए । ओलीले एउटा तप्का विकास निर्माणका काम हुन नदिइै विवाद निम्त्याउन उद्दत रहेको आरोप लगाए । “छ वर्षभित्रम...

पर्यटनमन्त्री भट्टराई भन्छन्- फेवातालमुनि व्यक्तिको लालपुर्जा कसरी हुन्छ ?

पर्यटनमन्त्री भट्टराई भन्छन्- फेवातालमुनि व्यक्तिको लालपुर्जा कसरी हुन्छ ?
महेश पाण्डे पोखरा । २१ औँ पोखरा सडक महोत्सव सुरु भएको छ । “सडकमै खाऔँ, सडकमै रमाऔँ” भन्ने नारासहित रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान)को आयोजनामा पुष १२ गते देखि १६ गतेसम्म ५ दिने महोत्सव पोखरामा सुरु भएको हो । शनिबार महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले “फेवातालको पानीमुनि व्इक्तिको लालपुर्जा कसरी हुन्छ ?” भन्ने प्रश्न गरेका ...

नेपाल जेसिजको अध्यक्षमा अशोक शंकर विजयी

नेपाल जेसिजको अध्यक्षमा अशोक शंकर विजयी
चितवन- नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शङ्कर विजयी भएका छन् । चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि उनी निर्वाचित भएका हुन् । पथरी जेसिज मोरङका पूर्वअध्यक्ष शङ्करले ५५२ मत प्राप्त गरे । अध्यक्ष पदका अर्का प्रत्यासी अरुणेश्वर खनालले ५२७ र विकास मानन्धरले ४८७ मत प्राप्त गरे । कुल एक हजार ७१० मतमध्ये एक हजार ५६५ मत खसेको थियो । यस्तै कार्यकारिणी उ...

करणी आरोपित सिद्धबाबाको बयान सुरू, महिलाहरु पक्ष र विपक्षमा

करणी आरोपित सिद्धबाबाको बयान सुरू, महिलाहरु पक्ष र विपक्षमा
इनरुवा- जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयाc लिने क्रम शुक्रबारदेखि सुरू भएको छ । उपचारको बहाना देखाउँदै विराटनगरको एक निजी अस्पतालको सुविधासम्पन्न कोठामा रहेका सिद्धबाबा भनिने गिरीलाई शुक्रबार ११ बजेको समयमा जिल्ला अदालत इनरुवा सुनसरीमा उपस्थित गराएपछि अदालती बयान सुरू भएको हो । सिद्धबाबाको मुद्दा सुनसरी जिल्ला अदालतका मुख्य न्याया...