नेपालको जमिन कसैलाई मिच्न दिइँदैन : प्रधानमन्त्री

नेपालको जमिन कसैलाई मिच्न दिइँदैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जमीन कसैलाई मिच्न नदिइने दृढता व्यक्त गरेका छन् । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको भेलालाई सम्बाधन गर्दै उनले सरकार आफ्नो देशको सिमाना रक्षा गर्न सक्षम रहेको दाबी गरेका हुन् । मुलुकको सिमाना रक्षा गर्ने र अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सबै राजनीतिक दल एकीकृत भएर एकताको सन्देश प्रवाह भएको पनि प्रधानमन्त्री ओलीको...

भीमफेदीका जेलरलाई अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा

भीमफेदीका जेलरलाई अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा
हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारागार कार्यालय भीमफेदी मकवानपुरका जेलर चिरञ्जीवी थापाले रु एक करोड १३ लाख ६० हजार ४१० बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले थापाको सेवा प्रवेशदेखि आर्थिक वर्ष २०७५/७६ सम्ममा आर्जन गरेको वैध आयको तुलनामा सम्पत्ति सिर्जना तथा खर्च लगानीमा गरेको व्यय घटाउँदा सम्पत्तिको स्रोत खुल्न नआएको सम्पत्...

सीमा समाधानका लागि राष्ट्रिय एकता आवश्यक : नेता सिटौला

सीमा समाधानका लागि राष्ट्रिय एकता आवश्यक : नेता सिटौला
बागलुङ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको सीमाका सन्दर्भमा पक्षविपक्ष नभई राष्ट्रिय एकता कायम गर्न आवश्यक रहेको बताएका छन् । उनले नेपालमा पहिलोपटक सीमाका विषयमा राष्ट्रिय एकता कायम हुन थालेको उल्लेख गर्दै सीमा सुरक्षाका विषयमा एक भएर उभिनुपर्ने बताए । उपनिर्वाचनलाई लक्षित गरी बागलुङ आएका पूर्वगृहमन्त्रीसमेत रहेका नेता सिटौलाले सीमा समाधानको विषय समाधानक...

भारतीय हस्तक्षेपविरुद्ध नेविसंघको विरोध जुलुस

भारतीय हस्तक्षेपविरुद्ध नेविसंघको विरोध जुलुस
काठमाडौँ । लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेपाल विद्यार्थी संघले राजधानीमा निकालेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । प्रहरीको कुटाइबाट घाइते भएका विद्यार्थी नेता कृष्ण पुडासैनीको टाउकोमा सात टाँका लगाइएको संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए । पक्राउ पर्ने विद्यार्थी नेताहरुमा नवराज त्रिपाठी, मनिस स...

नेपाली भूमिको रक्षा गर्न सक्षम छौँ : पराष्ट्रमन्त्री ज्ञवाली

नेपाली भूमिको रक्षा गर्न सक्षम छौँ : पराष्ट्रमन्त्री ज्ञवाली
पाल्पा । पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको पहिलो प्राथमिकता नेपाली भूमिको रक्षा गर्नुभएको बताएका छन् । उनले नेपाली भूमि र नागरिकको रक्षा गर्न सरकार सक्षम स्पष्ट पार्नुभयो । पाल्पाको धुवल पुस्तकालयले आज आयोजना गरेको महाकवि नीलकण्ठ न्यौपानेद्वारा लिखित श्रम–साधना महाकाव्यको लोकापर्ण समारोहमा मन्त्री ज्ञवालीले तथ्य र प्रमाणका आधारमा कूटनीतिकरुपमा विवादित सीमा समस्य...

चेक कीर्ते आरोपमा प्रहरी जवान पक्राउ

चेक कीर्ते आरोपमा प्रहरी जवान पक्राउ
जलेश्वर । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । प्रहरी जवान द्विवेदीले बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको राष्ट्रिय बाणिज्य बैं...

चोरीका गाडीसहित दुई पक्राउ

चोरीका गाडीसहित दुई पक्राउ
काठमाडौँ । चोरीको गाडीसहित प्रहरीले कलङ्कीबाट दुई जनालाई पक्राउ गरेको छ । भारतबाट चोरी गरेर ल्याइएको गाडीसहित काठमाडौँ तारकेश्वर नगरपालिकास्थित गोलढुङ्गा बस्ने गोरखाका मुकुन्दप्रसाद पुडासैनी र सुर्खेतका दीपक बुढा पक्राउ परेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए । उनीहरुबाट बा२१च ८७१४ र बा१८च ३१३८ नंको स्कर्पियो तथा बा११च ९७९४ न...

राष्ट्रपति हमिदको पोखरा भ्रमणले पर्यटन व्यवसायीमा उत्साह

राष्ट्रपति हमिदको पोखरा भ्रमणले पर्यटन व्यवसायीमा उत्साह
पोखरा । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरा भ्रमणले पोखराका पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् । भ्रमण वर्ष, २०२० को पूर्वसन्ध्यामा राष्ट्रपति मोहम्मदको भ्रमणलाई विशेषरूपमा लिइएको पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । नेपाली सेनाको विशेष हेलिकप्टरबाट पोखरा आउनुभएका राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशप्रमुख अमिक शेरचनसहित प्रद...

प्रधानमन्त्री आफैँले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ : नेता पौडेल

प्रधानमन्त्री आफैँले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ : नेता पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या समाधानका लागि प्रधानमन्त्री आफैले भारतसँग वार्ता गर्न सुझाव दिएका छन् । नेपाल प्रेस युनियन झापा शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले सीमा विवाद सचिवस्तरको बैठकबाट नटुंगिने भएकाले प्रधानमन्त्री स्वयंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्ने बताएका हुन् । ...

प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ

प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार खुकुरी प्रहार गरी फरार भएका म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङका २७ वर्षीय रमेश पुन पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय दरवाङबा...