राष्ट्रपति भण्डारीले आयोजना गरिन् समकक्षी हमिदको सम्मानमा रात्रिभोज
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र उनका बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच आज राष्ट्रपति निवासमा अपराह्न भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटवार्तामा नेपाल–बंगलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा उनीहरूबीच विद्यमान पारस्परिक सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो । हमिदले अतिथि पुस्तिकामा ...









