नेकपा सचिवालय बैठक बोलाउन सामूहिक आग्रह गरिने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यको अनौपचारिक बैठकले पार्टीभित्र पछिल्ला दिनमा देखिएका समस्या समाधानका लागि सचिवालय बैठक बोलाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिकरुपमा आग्रह गर्ने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आयोजना गर्नुभएको अनौपचारिक बैठकले पार्टी र सरकारको कामकारवाहीलाई प्रभावकारी...








