थप २९३३ जनामा कोरोना संक्रमण, एकैदिन २४ जनाको मृत्यु
काठमाडौँ । नेपालमा आज सोमबार थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप २४ जनासहित कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा थप ३१५० जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ३७ हजार ९९२ पुगेको छ...






