कक्षा १२ को स्थगित परीक्षा ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने

कक्षा १२ को स्थगित परीक्षा ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने
काठमाडौँ । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना...

बिहीबारदेखि मध्यम र लामो दूरीको बस सेवा सञ्चालन तयारी

बिहीबारदेखि मध्यम र लामो दूरीको बस सेवा सञ्चालन तयारी
काठमाडौँ । झण्डै छ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले बिहीबारबाट बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ । चालक, सहचाल...

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु
लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२२प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नेपाली सेनाको श्री बक्स गुल्म अठुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत जमदार पेशल पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । ...

श्राद्धको खाना खाएर एकको मृत्यु, १५ बिरामी

श्राद्धको खाना खाएर एकको मृत्यु, १५ बिरामी
कैलाली । कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये एकजनाको मङ्गलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्राद्धमा खाना खाएर बिरामी परेका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । बिर...

एकैदिन १५३९ जनामा कोरोना पुष्टि, थप आठसहित ३७९ जनाको मृत्यु

एकैदिन १५३९ जनामा कोरोना पुष्टि, थप आठसहित ३७९ जनाको मृत्यु
काठमाडौँ । नेपालमा एकैदिन १५३९ जना कोरोना भाइरस संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार बुधबार थप १५३९ सहित संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । पछिल्लो चौबीसघन्टामा आठ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई १०६८ जना डिस्चार्ज भएका छन्...

मंगलबार थप १४५९ जनामा कोरोना पुष्टि, एकैदिन ११ जनाको मृत्यु

मंगलबार थप १४५९ जनामा कोरोना पुष्टि, एकैदिन ११ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार ३७५ जनाको पिसिआर परीक्षणका क्रममा १४५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । जसमा १५ ...

देशभर १०२ पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि

देशभर १०२ पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ । नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश नं १ मा १७, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १५, प्रदेश नंं ५ मा १२ र कर्णाल...

कोरोना सङ्क्रमणबाट सिरहामा थप एकको मृत्यु

कोरोना सङ्क्रमणबाट सिरहामा थप एकको मृत्यु
सिरहा- कोरोना सङ्क्रमणबाट सिरहामा आज थप एक महिलाको मृत्यु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर निवासी ३३ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । लामो समयदेखि ज्वरो आइरहेका ती महिला जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमै पिसिआर परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएपछि प...

सोमबार थप ११७० सहित संक्रमितको संख्या ५५ हजार नाघ्यो, एकैदिन १५ जनाको मृत्यु

सोमबार थप ११७० सहित संक्रमितको संख्या ५५ हजार नाघ्यो, एकैदिन १५ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार ८७८ जनाको पिसिआर परीक्षणका क्रममा ११७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । जसमा १५ ह...

पहिरोले तीन वर्षीया बालिकाको मृत्यु

पहिरोले तीन वर्षीया बालिकाको मृत्यु
पर्वत । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीय नवीन विकको घर पुरिँदा उनकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो । गए राति २ बजेदेखि निरन्तर परेको वर्षापछि घर माथिबाट खसेको पहिरोले पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयवासीले मृत अवस्थामा फेला पारेका हुन् । परिवारका अन्य व्यक्तिहरु भने पहिरो खसिरहेको ...