
क्वालालमपुर -अबैधानिकरुपमा बसेर काम गरि रहेका आप्रवासी कामदारलाई मलेसिया सरकारले बैधानिक बन्ने मौका दिएको छ । बैधानिक बन्ने मौका अर्थात् सिक्स पी कार्यक्रम् खुल्ला भएपछि बैधानिक बन्न नसकीरहेका नेपाली लगाएत आप्रवासी कामदार लाभान्भित हुने छन् । यहि फेब्रुवरी १५ तारीख देखि अबैधानीक कामदार बैधानिक बन्नको लागी प्रक्रियामा आउन सक्ने यहाका गृह तथा उपप्रधानमन्त्री दातुक सेरी अहमद जाहिद हमीदीलाइ उध्रित गर्दै द सन् अनलाइनले खबर प्रकाशित गरेको छ ।सिक्स पी नामक प्रक्रियाबाट अबैधानीक कामदारलाई बैधानिक बनाईने गृहमन्त्री हमीदीले बताए । अबैधानिक आप्रवासी कामदारले