महेश पाण्डे
काठमाण्डौ । प्रविधिको बिकाससंगै अहिले जहाँ बसेर पनि मोबाईल वा ईन्टरनेटको माध्यमबाट संसारसंग जोडिन सहज भएको छ । यहि कुरालाई मध्यनजर गर्दै धेरै एप्स निर्माताहरु बिश्वभरीनै कसरी मानिसहरुलाई सहज र सरल ढङ्गबाट मोबाईलको भरमा आवज जावत गर्न सहज हुन्छ भनेर लागि रहेका छन् ।
यसैक्रममा बङ्गलादेशबाट शुरु भएको एप्स कम्पनि पठाओले नेपालमा पनि आफ्नो कारोबार र सेवा सुरु गरेको छ । मोबाईलमा सिधै ईन्स्टल गर्न सकिने र त्यसकै माध्यमबाट बिशेसगरि काठमाण्डौ भित्र जुनकुनै ठाउंबाट पनि सहजै आवाज जावात गर्न मिल्ने गरि करिब २० हजार भन्दा बढि बाईक ड्राईभर यसमा आबद्ध भएको पाउन सकिन्छ । अहिले पठाओसंगै, टुटल र सरर एप पनि बजारमा सञ्चालनमा छन् । सरकारले यी एपहरुको माध्यमबाट निजि सवारी साधनमा यात्रु ओसार पसार गर्न नपाईने भएपनि सर्वसाधरण यात्रुलाई छिटो छरितो र सजिलो भएपछि निकै लोकप्रीय रहेको छ ।
बाईक ड्राईभरले यदि यी एपहरुसंग आवद्ध भएर काम गर्न चाहेमा यी एप संञ्चालन गरिरहेका संस्थाको कार्यालयमा गई लाईसेन्स, बिलबुक लगाएतका कागजात दिएपछि उनिहरुलाई मोबाईलमा ड्राइभ नामक एप ईन्सटल गरिन्छ भने सर्व साधरणले भने पठाओ नामक एप ईन्सटल गर्नुपर्ने हुन्छ । त्यसपछि जो यात्रुलाई यात्रागर्नुपर्ने हो उसले मोबाईलको एपमा गएर सहजै पक्रिया वा अनुरोध गरेपछि उक्त क्षेत्रको नजिकै रहेका बाईक ड्राईभरले यात्रुलाई सहजै गन्तव्य स्थान सम्म पुर्याउने गर्दछन् ।
हामीले पनि यसको बारेमा बुझन् आफ्नो बाईलमा यो एप डाउनलोड गर्यौ र १ दिनमा ४ ठाउँमा गयौ । एपबाट अनुरोध गरेको केहि मिनेटमानै बाईक ड्राईभरको फोन आउने रहेछ । त्यसपछि हामी बाईकहरुमा बस्दै केहि ठाउंमा पुग्यौ र उनिहरुका समस्या र कमाईका बारेमा सोध्यौ । उनिहरु दैनिक न्युनतम १ हजार देखि २५ सय सम्म कमाईरहेको बताई रहेका थिए भने पठाओले २० प्रतिशत कमिसन लिई शोसण गरेको पनि बताईरहेका थिए ।
हामीले न्युरोड देखि टोखासम्म १४५ रुपैया पैसा तिरेर आएका थियौ जुन ट्याक्सिको तुलनामा निकै सस्तो थियो । तर हामीलाई त्यहासम्म ल्याउने एक जना बाईक ड्राईभरले नाम नबताउने सर्तमा भन्दै थिए “हरेक दिनको कमाईको २० प्रतिशतका दरले करिब ४ सय देखि ५ सय सम्म खल्ति नामक एपबाट पठाओलाई पैसा टा«न्सफर गर्ने गरेको छु, जुन अरु एपको तुलनामा ५ गुणा बढि हो, बाईक हाम्रो दुःख हाम्रो फाईदा भने उनिहरुलाई यो कमिशन साह्रै महङ्गो भयो ।”
पहिलो १ किलोमिटर सम्म ४५ रुपैया र प्रति किलोमिटर १५ रुपैया पर्नेगरि यात्रुसंग पैसाको दर तोकेको पठाओले भने सेवाका नामका बाईक ड्राईभरसंग चर्को कमिशन असुलेको प्रमाणीत हुन्छ । यसै त कानुनीरुपमानै बिवादित बनेका यी एपहरुले सहजताको नाममा लुट धन्दा मञ्चाईरहेका छन् । एती देखिरहदा अब एउटै प्रश्न खडा हुन्छ के अब पठाओ एप सञ्चालकले कमिशन कम लिनै नहुने होर ?