चितवन- रत्ननगर नगरपालिका १ निपनीस्थित लाइसियम इन्टरनेशनल मोडल स्कुलले कक्षा ४ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुबीच फागुन २ गते लाइसियम प्रतिभा प्रष्फुटन प्रतियोगिता सम्पन्न गरेको छ ।

४४ जना प्रतियोगीहरु सम्मिलित उक्त प्रतियोगिता र्‍याम्प वाक, पचिय, प्रतिभा उजागर र प्रश्न उत्तर गरी ४ वटा विधामा गरिएको मूल्यांकनमा १० जना प्रतियोगीहरु विभिन्न विधामा विजेता घोषित गरिएका थिए ।

प्रतियोगितामा कक्षा ५ मा अध्ययनरत स्र्पशा गुरुङ्ग विजेता बनेकी थिइन् भने खुशी तिमिल्सिना फष्ट रनर अप, सृष्टि ढकाल सेकेन्ड रनर अप, अंकिता घिमिरे उत्कृष्ट क्याट वाक, साधना राउत उत्कृष्ट पोशाक, दिपा बस्नेत उत्कृष्ट मुस्कान, लविन भुजेल उत्कृष्ट आत्मविश्वास, समृृद्धि पाण्डे उत्कृष्ट अनुशासन, श्रद्धा ढुंगाना उत्कृष्ट सृजनात्मकता र दीक्षा पाठक उत्कृष्ट व्यक्तित्व घोषित भएका थिए ।

विद्यालयका शिक्षक अनिल महतो र पारु चौधरीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रवन्ध निर्देशक सन्तोष पन्तले विजेता विद्यार्थीहरुलाई पुरस्कृत गर्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

तपाईको प्रतिक्रिया