काठमाडौँ- कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार बिहानसम्म छ हजार ५६४ व्यक्तिको मृत्यु भइसकेको छ ।

यसमध्ये सबैभन्दा बढी चीनमा तीन हजार २१३ व्यक्तिको मृत्यु भएको छ भने पछिल्ला केही दिनमा चीनमा नयाँ व्यक्तिमा सङ्क्रमण र मृत्यु दर लगभग नियन्त्रणको नजिक पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी गराएको छ ।

चीनमा ८० हजार ८६६ व्यक्ति प्रभावित भएका छन् । हालसम्म ७७ हजार ७७८ जना निको भई घर फर्किएका छन् ।

सोमबारसम्ममा कोरोना भाइरसको सङ्क्रमण १५७ भन्दा बढी मुलुकमा पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । हालसम्म एक लाख ७० हजार २७ जना संक्रमित भएका छन् ।

चीनपछि बढी प्रभावित मानिएको इटालीमा २४ हजार ७४७ र इरानमा १३ हजार ९३८ संक्रमित भएका छन् भने कोरोनाको संक्रमणबाट इटालीमा एक हजार ८०९ र इरानमा ७२४ व्यक्तिको मृत्यु भएको छ । यस्तै, स्पेनमा २९४, फ्रान्समा १२७, दक्षिण कोरियामा ७५, अमेरिकामा ६९ जनाको मृत्यु भएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया