जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९ हजार ७४० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ ।

सो संगठनका अनुसार सोमबारसम्म विश्वभरमा १ करोड ४६ लाख ८३ हजार ८३० जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये हालसम्म ८७ लाख ६५ हजार ९८१ व्यक्ति कोरोना मुक्त भएका छन् ।

विश्वभरमा ५३ लाख ८ हजार १०९ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ५९ हजार ६६६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३९ लाख ४३४ जना संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४३ हजार ३१६ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३२ लाख ६६ हजार ९५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १७ हजार ९३८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४५ लाख ७२ हजार ४४६ जना कोरोना संक्रमित रहेका छन् । यहाँ १ लाख ९६ हजार ६५८ जनाको मृत्यु भएको छ ।

युरोपमा २६ लाख ७८ हजार ३९० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९९ हजार २२५ को मृत्यु भएको छ । एसियामा ३४ लाख २६ हजार ४८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८० हजार ५३१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ७ लाख २५ हजार ५१६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार २२८ जनाको मृत्यु भएको छ । ओसियानामा १३ हजार ७५० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४५ जनाको मृत्यु भएको छ । एएफपी

तपाईको प्रतिक्रिया