
नयाँ दिल्ली । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख ५८ हजार नाघेको छ ।
गत २४ घन्टामा भारतका ४९ हजार ६३२ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ५८ हजार ६३२ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
भारतमा गत २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार ४८४ जना पुगेको छ ।
सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये ९ लाख ९९ हजार ३१८ व्यक्ति निको भएर फर्किएका छन् ।
हाल भारतमा ५ लाख २४ हजार ६४४ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् । एएनआई