काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएर ११० देश र आसपासका क्षेत्रहरुमा संकट उत्पन्न भएको प्राणघातक कोरोना भाइरस (कोभिड-१९) को प्रकोपबाट शनिबार बिहानसम्म २२ लाख ५० हजार ७९० मानिस संक्रमित भएका छन् ।
जसमा ५ लाख ७१ हजार १४५ जना निको भएका छन् भने १५ लाख २५ हजार ३५० जना बिरामीको विभिन्न देशका अस्पतालमा उपचार जारी छ । जसमध्ये ५७ हजार १३६ जनाको स्थिति जटिल छ ।
यस महामारीबाट संसारभर एक लाख ५४ हजार २६६ जनाले ज्यान गुमाइसकेका छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो । कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको विश्वसनीय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वल्र्डोमिटरका अनुसार गत चौबिसघन्टामा ८६ हजार ४९६ जना नयाँ संक्रमित थपिएका छन् । जसमा सबैभन्दा प्रभावित संयुक्तराज्य अमेरिकामा ३२ हजार १६५ जना नयाँ संक्रमित थपिएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा डरलाग्दो गरी संक्रमण बढेको छ । शनिबार बिहानसम्म अमेरिकामा कुल ७ लाख १० हजार २१ जना सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ३७ हजार १५८ पुगेको छ ।
अमेरिकामा हाल ५ लाख ७१ हजार १४५ जनाको उपचार जारी रहेकोमा १३ हजार ५०९ को अवस्था चिन्ताजनक छ । अमेरिकामा ६० हजार ५१० जना उपचारपश्चात् निको भई फर्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकामा गत सोमबार १५३५, मंगलबार २४०७, बुधबार २४८२, बिहीबार २१७४ र शुक्रबार २५३५ जनाको निधन भएको छ ।
जसमध्ये अमेरिकाको न्यूयोर्क सहर सबैभन्दा संकटमा रहेको पाइएको छ । न्यूयोर्कमा मात्रै २ लाख ३३ हजार ९५१ संक्रमित भएकोमा १७ हजार १३१ ले ज्यान गुमाएका छन् । न्यूयोर्कमा आइतबार ७५८, सोमबार ६७१, मंगलबार ७७८, बुधबार ७५२, बिहीबार ६०६ र शुक्रबार १०२५ जनाको मृत्यु भएको छ ।
स्पेनमा एक लाख ९० हजार ८३९ कुल सङ्क्रमित भएका छन् भने २० हजार २ जनाको मृत्यु भएको छ । स्पेनमा शनिबार ५२५, आइतबार ३६६, सोमबार ५४७, मंगलबार ४९९, बुधबार ५५७, ५०३ र शुक्रबार ६८७ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी, इटालीमा कुल एक लाख ७२ हजार ४३४ जना संक्रमित भएका छन् भने २२ हजार ७४५ जनाले ज्यान गुमाएका छन् । जसमा शनिबार ६१९, आइतबार ४३१, सोमबार ५६६, मंगलबार ६०२, बुधबार ५७८, बिहीबार ५२५ र शुक्रबार ५७५ जनाको मृत्यु भएको छ ।
यस्तै, फ्रान्समा एक लाख ४७ हजार ९६९ कुल सङ्क्रमित भएका छन् भने १८ हजार ६८१ को मृत्यु भएको छ । फ्रान्समा शनिबार ६३५, सोमबार ५७४, मंगलबार ७६२, बुधबार १४३८, बिहीबार ५२५ र शुक्रबार ७६१ जनाले ज्यान गुमाएका छन् ।
जर्मनीमा १ लाख ४१ हजार ३९७ कुल सङ्क्रमित भएका छन् भने ४३५२ को मृत्यु भएको छ ।
बेलायतमा एक लाख ८ हजार ६९२ कुल सङ्क्रमित भएका छन् भने १४ हजार ५७६ को मृत्यु भएको छ । बेलायतमा शनिबार ९१७, आइतबार ७३७, सोमबार ७१७, मंगलबार ७७८, बुधबार ७६१, बिहीबार ८६१ र शुक्रबार ८४७ जनाले ज्यान गुमाएका छन् ।
चीनमा ८२ हजार ७१९ कुल सङ्क्रमित भएका छन् भने ४६३२ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार २९ रहेको छ । चीनमा हाल १०५८ जनाको उपचार जारी रहेकोमा ८५ को अवस्था जटिल छ । चीनमा शुक्रबार एकै दिन १२९० जनाको मृत्यु भएको छ ।
इरानमा ७९ हजार ४९४ कुल सङ्क्रमित भएका छन् भने ४९५८ व्यक्तिको मृत्यु भएको छ । टर्कीमा ७८ हजार ५४६ संक्रमित रहेकोमा १७६९ को ज्यान गएको छ । बेल्जियममा ३६ हजार १३८ संक्रमित भएकोमा ५१६३ जनाको मृत्यु भएको छ । ब्राजिलमा ३४ हजार २२१ संक्रमित भएकोमा २१७१ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, रसियामा ३२ हजार ८ जना बिरामी भएकोमा २७३ को निधन भएको छ । यस्तै, क्यानडामा ३१ हजार ९२७ व्यक्तिमा कोरोना देखिएकोमा १३१० जनाको ज्यान गएको छ ।
यसैगरी, नेदरल्याण्ड्समा ३० हजार ४४९ संक्रमित भएकोमा ३४५९ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा २९ हजार ७८ संक्रमित छन् भने १३२७ जनाको ज्यान गएको छ ।
पोर्चुगलमा १९ हजार ५२ व्यक्ति बिरामी भएकोमा ६५७, अस्ट्रियामा १४ हजार ५९५ मा कोरोनाको संक्रमण देखिएकोमा ४३१, भारतमा १४ हजार ३५२ कुल संक्रमित रहेकोमा ४८६, आयरल्याण्डमा १३ हजार ९८० संक्रमित रहेकोमा ५३०, पेरुमा १३ हजार ४८९ संक्रमित रहेकोमा ३००, स्वीडेनमा १३ हजार २१६ बिरामी रहेकोमा १४०० जनाको मृत्यु भएको छ ।
यस्तै, इजरायलमा १२ हजार ९८२ बिरामी रहेकोमा १५१ र दक्षिण कोरियामा १० हजार ६५३ संक्रमित रहेकोमा २३२ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी, जापानमा १९०, चिलीमा ११६, साउदी अरेबियामा ८७, डेनमार्कमा ३३६, पाकिस्तानमा १३५, नर्वेमा १६१, मेक्सिकोमा ५४६, युएईमा ३७, इन्डोनेसियामा ५२०, मलेसियामा ८६, कतारमा ७, थाइल्याण्ड ४७, बंगलादेश ७५ जनाको ज्यान गएको छ ।
नेपालमा हालसम्म ३० जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा दुई जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख १५ गतेसम्म लकडाउन लागू गरेको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा १५ हजार ८०० जनाको नमुना परीक्षण गरिएकोमा ३० जनामा कोरोनाभाइरस पुष्टि भएको हो । एजेन्सीहरुको सहयोगमा











