काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट शुक्रबार दिउँसोसम्म विश्वभर एक लाख ९१ हजार १८९ जनाको मृत्यु भएको छ । यस महामारीबाट विश्वभर २७ लाख ३४ हजार १०२ मानिस संक्रमित भएका छन् ।
विश्वभरका विभिन्न अस्पतालमा उपचार गराउने संक्रमितको संख्या १७ लाख ९१ हजार ५०५ रहेका छन् भने ७ लाख ५१ हजार ४०८ जना निको भई घर फर्किएका छन् ।
कुल बिरामीमध्ये ५८ हजार ७१२ को अवस्था चिन्ताजनक रहेको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा कुल ८ लाख ८६ हजार ७०९ जना सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ५० हजार २४३ पुगेको छ ।
स्पेनमा दुई लाख १३ हजार २४ कुल सङ्क्रमित भएका छन् भने २२ हजार १५७ जनाको मृत्यु भएको छ ।
यसैगरी, इटालीमा कुल एक लाख ८९ हजार ९७३ जना संक्रमित भएका छन् भने २५ हजार ५४५ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, फ्रान्समा एक लाख ५८ हजार १८३ कुल सङ्क्रमित भएका छन् भने २१ हजार ८५६ को मृत्यु भएको छ ।
जर्मनीमा १ लाख ५३ हजार १२९ कुल सङ्क्रमित भएका छन् भने ५५७५ को मृत्यु भएको छ ।
बेलायतमा एक लाख ३८ हजार ७८ कुल सङ्क्रमित भएका छन् भने १८ हजार ७३८ को मृत्यु भएको छ ।
टर्कीमा १ लाख १ हजार ७९० संक्रमित रहेकोमा २४९१ को ज्यान गएको छ ।
इरानमा ८७ हजार २६ कुल सङ्क्रमित भएका छन् भने ५४८१ व्यक्तिको मृत्यु भएको छ ।
चीनमा ८२ हजार ८०४ कुल सङ्क्रमित भएका छन् भने ४६३२ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ । चीनमा हाल ९१५ जनाको उपचार जारी रहेकोमा ५७ को अवस्था जटिल छ ।
यस्तै, रसियामा ६८ हजार ५२२ जना बिरामी भएकोमा ६१५ को निधन भएको छ ।
ब्राजिलमा ५० हजार ३६ संक्रमित भएकोमा ३३३१ जनाले ज्यान गुमाएका छन् ।
बेल्जियममा ४२ हजार ९७९ संक्रमित भएकोमा ६४९० जनाको मृत्यु भएको छ ।
यस्तै, क्यानडामा ४२ हजार ११० व्यक्तिमा कोरोना देखिएकोमा २१४७ जनाको ज्यान गएको छ ।
यसैगरी, नेदरल्याण्ड्समा ३५ हजार ७२९ संक्रमित भएकोमा ४१७७ जनाको मृत्यु भएको छ ।
स्वीट्जरल्याण्डमा २८ हजार ४९८ संक्रमित छन् भने १५५१ जनाको ज्यान गएको छ । भारतमा २३ हजार ५०२ कुल संक्रमित रहेकोमा ७२२ जनाको मृत्यु भएको छ ।
पोर्चुगलमा २१ हजार ३५३ व्यक्ति बिरामी भएकोमा ८२०, पेरुमा २० हजार ९१४ संक्रमित रहेकोमा ५७२, आयरल्याण्डमा १७ हजार ६०७ संक्रमित रहेकोमा ७९४, स्वीडेनमा १६ हजार ७५५ बिरामी रहेकोमा २०२१ र अस्ट्रियामा १५ हजार २ मा कोरोनाको संक्रमण देखिएकोमा ५२२ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ४८ जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा १० जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख १५ गतेसम्म लकडाउन लागू गरेको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा ९ हजार २०० जनाको नमुना परीक्षण गरिएकोमा ४८ जनामा कोरोनाभाइरस पुष्टि भएको हो । एजेन्सीहरुको सहयोगमा











