-प्रविन पाठक
खासगरी विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीले थप आक्रान्त पार्दै गएको छ । यस महामारीका कारण नेपालमा पनि सम्पूर्ण क्षेत्रमा नकारात्मक असर पारेको छ । साँढे दुई महिनाअघिदेखि लागू भएको लकडाउनका कारण उद्योग व्यापार सबै ठप्प छन् । धैरै व्यवसाय पछिसम्म पनि बन्द हुने निश्चित छ । जसले गर्दा धेरेको रोजीरोटी गुम्दै गएको छ ।

सरकारको असहयोग र गैरजिम्मेवारीका कारण संक्रमित र भोकमरीको संख्या दिनहुँ बढ्दै गएको छ । अब रोगका कारणले भन्दा पनि भोकभोकै मर्ने अवस्था आउने संकेत देखिइसकेको छ । यस विषम परिस्थितिमा निम्न वर्गसँगै मध्यम वर्गमा पनि धेरै आर्थिक तथा मानसिक पीडा परेको छ । यस्तो वर्गले न दुःख देखाउँछन् न त समस्या नै बताउँछन् ।

नेपालमा मध्यम वर्ग हुँदा खानेमा पर्छन् । जसको सीमित सोत र साधन हुन्छ । जसलाई सरकारले समेट्न सकेको छैन । केही पुँजी भएका मध्यम वर्ग पनि छन् जसको प्रत्यक्ष व्यवसायमा लगानी भएको छ । जस्तै, शेयर, होटल, कुखुरा, बिमा आदि । जसबाट फाइदा लिन लामो समय लाग्छ । तत्काल यस्तो व्यवसायबाट मुनाफा आउँदैन । बरु लगानी डुब्ने सम्भावना अधिक हुन्छ ।

मध्यम वर्गका परिवारअन्तर्गत अधिकांश परिवार यस्ता छन्, जसको एक जनाको कमाइले पूरै परिवार पाल्नुपर्ने अवस्था छ । सीमितको घर छ । भाडा तिर्नुपर्दैन । तर, भान्छा, खाना खर्च छोराछोरीको स्कुल, कलेज फी, इन्टरनेटलगायतका खर्च गर्नुपर्ने अवस्था छ । मध्यम वर्गका अधिकांश परिवार यस्ता छन् कि एक जनाको कमाइले पूरै परिवार पाल्नुपर्ने अवस्था छ ।

सीमितको घर छ भाडा तिर्नुपर्दैन तर भान्सा, खाना खर्च, छोराछोरीको शुल्क, बिजुली, पानीलगायत खर्चले बाँच्नै धौ-धौ भएको छ । मध्यम परिवारलाई पनि रुनु न हाँस्नुको अवस्था छ । जसलाई सरकारले सम्बोधन गरेको छैन ।

सरकारको स्वार्थी तथा विलासी नीतिले अपनाएको लकडाउनपूर्व फितलो तयारी र विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीतको अव्यवस्थित क्वारेन्टाइन र सीमित परीक्षणले गर्दा संक्रमितको संख्या बढ्दै गएका छन् । जसका कारण महामारीको रुप लिँदै गएको देखिन्छ ।

अब पनि बेलैमा सरकारले सबै वर्गका मानिसलाई बेलैमा राहत तथा कोरोनासम्बन्धी पिसिआर परीक्षण नगरेमा कोरोनाबाट मुक्त भएका देशहरूले चालेका प्रभावकारी कदम नेपालमा पनि अभ्यासका रूपमा नचालेमा स्थिति भयावह हुने देखिन्छ । जसले सबै वर्गको जीवन असहज बनाउँदै द्वन्द्व निम्तने देखिन्छ ।

तपाईको प्रतिक्रिया