भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७५ लाख ५५ हजार नाघ्यो

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७५ लाख ५५ हजार नाघ्यो
नयाँ दिल्ली । भारतमा सोमबार कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या ७५ लाख ५५ हजार नाघेको छ । सोमबार रातिसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७५ लाख ५५ हजार ७७६ पुगेको छ । यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १४ हजार ७१४ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घन्टामा ५५ हजार ७२२ जनामा थप सङ्क्रमण देखिएको र कोर...

प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी

प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी
काठमाडौँ । संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध संघीय संसद् संसदीय सुनुवाइ समितिमा चार उजुरी परेका छन् अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत डा. युवराज खतिवडाविरुद्ध तीन र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एक उजुरी परेका छन् । सरकारले असोज १५ गते संयुक्त राज्य अमेरिकाका लागि प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाह...

भारतबाट चल्ला माग भएपछि व्यवसायीलाई राहत

भारतबाट चल्ला माग भएपछि व्यवसायीलाई राहत
चितवन । भारतीय बजारमा यहाँ उत्पादित कुखुराका चल्ला माग भएपछि ह्याचरी व्यवसायीलाई राहत मिलेको छ । अवैधरुपमा भित्रिएका भारतीय चल्ला प्रहरी प्रशासनको सहयोगमा नष्ट गर्ने गरिएकामा अहिले नेपालका चल्ला भारतीय बजारले माग गरेपछि उता पठाउन थालिएको हो । भारतमा चल्लाको अभाव भएपछि सप्लायर्सले यहाँका चल्ला भारत पठाउन थालेका हुन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख...

काठमाडौँ उपत्यकाका २३८८ सहित ३७९० जनामा कोरोना पुष्टि, थप १८ जनाको मृत्यु

काठमाडौँ उपत्यकाका २३८८ सहित ३७९० जनामा कोरोना पुष्टि, थप १८ जनाको मृत्यु
काठमाडौँ । नेपालमा सोमबार ३७९० जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ । पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ । ...

माडीमा नेपाली आवाज डटकमको सम्पर्क कार्यालय स्थापना

माडीमा नेपाली आवाज डटकमको सम्पर्क कार्यालय स्थापना
चितवन । माडीमा नेपाली आवाज डटकमको सम्पर्क कार्यालयकाे स्थापना गरिएको छ । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर बजारमा मंगलबार नेपालीको आवाज डटकमको सम्पर्क कार्यालयकाे उद्घाटन गरिएको हाे । उक्त उदघाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा माडी नगरपालिकाकी नगर उप प्रमुख ताराकुमारी काजी महतो रहेकी थिइन । कार्यक्रममा माडी ३ का वडा अध्यक्ष एबम पर्यटन बिकास समितिका अध्यक्ष पुरन महतो, मा...

विपद्जन्य घटनामा वैशाखयता ४४४ जनाको मृत्यु, १०१ बेपत्ता

विपद्जन्य घटनामा वैशाखयता ४४४ जनाको मृत्यु, १०१ बेपत्ता
काठमाडौँ । गत वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर मुलुकभर ४४४ को मृत्यु भएको छ । उक्त अवधिमा १०१ बेपत्ता भएका छन् भने ७३९ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसपालि पहिरोले ठूलो क्षति गरेको बताउँदै विपद्का घटनामा परेर एक हजार सात सय ५५ चौपाय मरेको र झण्डै रु ८२ करोड क्षत...

प्रतिकिलो रु ५६० मा खसीबोका बिक्री

प्रतिकिलो रु ५६० मा खसीबोका बिक्री
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो रु ५६० मा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ । दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादशैँका लागि पहिलोचोटि खसी तथा बोका काठमाडौँ आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो । निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा रु दश छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार काठ...

जन्मदिनको केक खाँदा १२ जना बिरामी

जन्मदिनको केक खाँदा १२ जना बिरामी
तनहुँ । जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा एकै परिवारका १२ जना बिरामी परेका छन् । स्थानीयवासी ११ वर्षीय प्रज्ज्वल गैह्रेको जन्मदिनमा शनिबार राति केक खाएका एकै घरपरिवारका सदस्य बिरामी भएका हुन् । बिरामी पर्नेमा प्रज्वलका बुबा ३२ वर्षीय राजन विक, आमा ३० वर्षीया सलिना विक, ६५ वर्षीया बिगमाया विक, २३ वर्षीया पूजा विक, २८ वर्षीय सुनिल विक, २० वर्...

चितवन निकुञ्जमा गैँडा मृत्युको कारण खोज्न समिति गठन

चितवन निकुञ्जमा गैँडा मृत्युको कारण खोज्न समिति गठन
चितवन । प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले मृत्युको कारण खोज्न समिति गठन गरेको छ । निकुञ्जले सहायक संरक्षण अधिकृत ऋषि रानाभाटको संयोजकत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने र त्यहीँका भेटेरिनरी डा अमिर सडौला सदस्य रहेको समिति बनाएको छ । संयोजक रानाभाटका अनुसार समितिको बैठक बसेर अध्ययनका विषयबारे छलफल अघि बढाइएको ...

भक्तपुरमा सबै सरकारी कार्यालयका सेवा बन्द

भक्तपुरमा सबै सरकारी कार्यालयका सेवा बन्द
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको दर अत्यधिक...