प्रहरी सहायक निरीक्षणको हत्या, हबल्दार सम्पर्कविहीन
धनगढी । धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । शनिबार राति गस्तीमा हिँडेका विक सम्पर्कविहीन भएकामा आइतबार बिहान नजिकैको मोहना नदीमा शव फेला परेको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेर शव नदीमा फालिए...







