चितवनमा थप एक सङ्क्रमितको मृत्यु

चितवनमा थप एक सङ्क्रमितको मृत्यु
चितवन । जिल्लामा थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भईरहेको समयमा आज बिहान उनको मृत्यु भएको अ...

जापानमा रहेका नेपाली समुदायमा कोरोना संक्रमण बढ्दाे

जापानमा रहेका नेपाली समुदायमा कोरोना संक्रमण बढ्दाे
कविकिरण न्यौपाने / टोकियो पछिल्लो समय जापानमा नेपालीहरुमा कोरोना भाईसर संक्रमण बढेको छ। यस्तो महामारीको बेला पनि जापानमा विभिन्न भेलाहरुमा जमघट नरोकिएकोले नेपालीहरुमा संक्रमण फैलिएको बताईन्छ । जापानमा रहेका नेपालीहरुको विभिन्न संघ -संस्थाहरु यस्तो महामारीमा पनि साधारण सभा, अधिवेशन तथा विभिन्न कार्यक्रम गरिरहेका छन्। यस्तो महामारीको बेला सबै नेपालीहरु आफै सचेत हुन जरुरी भएको न...

नेपालमा एकैदिन ५००८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

नेपालमा एकैदिन ५००८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु
काठमाडौँ । नेपालमा शनिबार हालसम्मकै उच्च अर्थात् ५००८ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या ३० हजार ८१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सं...

डा केसीलाई अनसन तोड्न सरकारको आग्रह

डा केसीलाई अनसन तोड्न सरकारको आग्रह
काठमाडौँ । सरकारले डा गोविन्द केसीलाई अनसन तोड्न गर्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवम् वार्ता टोलीका संंयोजक गोपी मैनालीले शनिबार विज्ञप्ति जारी गर्दै विश्वव्यापी कोरोना भाइरसले मुलुक आक्रन्त भएको हालको अवस्थालाई आत्मसात् गर्दै अनसन तोड्न आग्रह गरेका हुन् । उनले सरकार केसीले उठाएका मागप्रति संवेदनशील भएको भन्दै सरकार गुणस्तरीय चिकित्सक शिक्ष...

सरकारले जारी गर्‍यो चाडपर्व मनाउँदा जनस्वास्थ्य मापदण्ड

सरकारले जारी गर्‍यो चाडपर्व मनाउँदा जनस्वास्थ्य मापदण्ड
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेको छ । मन्त्रालयले सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्तिबाहेक अन्य व्यक्तिसँग भेटघाट कम गर्नसमेत सबैलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता ...

एकै परिवारका आठ जनामा कोरोना सङ्क्रमण

एकै परिवारका आठ जनामा कोरोना सङ्क्रमण
अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं १ मा एकै घरपरिवारका आठ जनामा कोरोना सङ्क्रमण भएको छ । शीतगङ्गा नगरपालिका–७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका विशाल खड्काको परिवारका आठ जनामा कोरोना देखिएको हो । उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको विशाल खड्काले बताए । यससँगै शनिबार जिल्लामा थप ३४ कोरोना सङ्क्रमित बिरामी थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य ...

रक्तसञ्चार केन्द्र भरतपुरमा प्लाज्मा सङ्कलन अभियान

रक्तसञ्चार केन्द्र भरतपुरमा प्लाज्मा सङ्कलन अभियान
चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोभिड–१९ सङ्क्रमित बिरामीको लागि आवश्यक पर्ने प्लाज्मा सङ्कलन अभियान शुरु गरेको छ । यहाँ बढी भएको प्लाज्मा देशैभर पठाएर सङ्क्रमित उपचार गर्न सहयोग पुगोस् भन्नका लागि अभियान सुरुआत गरिएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार हालसम्म ३८ युनिट प्लाज्मा सङ्कलन भइसकेको छ । गत सोमबार मात्र नेपाली काँग्रेस कोभिड–१९ अनुगमन समि...

कोभिड-१९ लाई केन्द्रविन्दुमा राखेर विशेष सुरक्षा योजना लागू गर्न निर्देशन

कोभिड-१९ लाई केन्द्रविन्दुमा राखेर विशेष सुरक्षा योजना लागू गर्न निर्देशन
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कति...

संक्रमण बढेपछि उपत्यकामा संयुक्त सुरक्षा योजना लागू गर्ने तयारी

संक्रमण बढेपछि उपत्यकामा संयुक्त सुरक्षा योजना लागू गर्ने तयारी
काठमाडौँ । काठमाडौँ उपत्यकाको तीन जिल्लाले सुरक्षा योजना बनाए पनि त्यसलाई एकीकृत गरेर संयुक्त सुरक्षा योजना बनाउने तयारी गरिएको छ । उपत्यका प्रहरीको नेतृत्व गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार तीनै जिल्लाका प्रमुखलाई योजना बनाएर पेश गर्न निर्देशन दिइसकिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले भने सुरक्षा योजना पेश गरिसकेको छ । अन्य जिल्लाबाट समेत आउने क्रममा छ । ...

होम आइसोलेसनमा रहेका सङ्क्रमितको मृत्यु

होम आइसोलेसनमा रहेका सङ्क्रमितको मृत्यु
चितवन । कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो । क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३ गते कोरोना सङ्क्रमण पुष...