प्रदेश नं ५ को राजधानी र नामकरणको विषयमा विवाद, कांग्रेसद्वारा प्रदेशसभामा तोडफोड
रुपन्देही । प्रदेश नं ५ को प्रदेशसभामा स्थायी राजधानी र नामकरणका विषयलाई लिएर विपक्षी दल नेपाली कांग्रेसले सोमबार कुर्सी, टेबुल र माइक तोडफोड गरेको छ । होहल्ला र विरोधका बीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएपछि आक्रोशित कांग्रेसका प्रदेशसभा सदस्य तोडफोडमा उत्रिएका थिए ।
प्रदेशसभामा सदस्य बसी उद्दिन खाँले कुर्सी तोडफोड गर्न सुरु गरेपछि सदस्य रमा अर्याललगायतले प्रदेशस...









