कोरोना असरः विश्वभर एक करोड बालिबालिकाले स्कुल छाड्दैछन्

कोरोना असरः विश्वभर एक करोड बालिबालिकाले स्कुल छाड्दैछन्
लन्डन । कोरोनाभाइरस महामारीका कारण विद्यालयहरु बन्द रहेका कारण विश्वभर करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुस्किल रहेको एक अध्ययनले देखाएको छ । सेभ द चिल्ड्रेनले यस घटनालाई “अभूतपूर्व शैक्षिक आपतकाल” को संज्ञा दिएको छ । बेलायती सामाजिक संस्था सेभ द चिल्ड्रेनले युनेस्कोको तथ्याँक विश्लेषण गर्दै गत अप्रिलमा विद्यालय र विश्वविद्यालयहरु बन्द रहेका कारण विश्वभरका ...

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ७१ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ७१ हजार भन्दा बढीको मृत्यु
जेनेभा । कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ७०१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३० लाख ४२ हजार ५६४ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७५ लाख ८८ हजार ७८९ जना निको भएका ...

विश्वभर एक करोड २९ लाख बढी संक्रमित, भारतमा संक्रमितको संख्या ह्वात्तै बढ्यो

विश्वभर एक करोड २९ लाख बढी संक्रमित, भारतमा संक्रमितको संख्या ह्वात्तै बढ्यो
जेनेभा । कोरोना भाइरसबाट विश्वभर सङ्क्रमित भएकाहरुको संख्या एक करोड २९ लाख नाघेको छ । जोन्स हकिन्स विश्वविद्यालयले दिएको जानकारीअनुसार विश्वभर एक करोड २९ लाख २५ हजार ३३१ जना सङ्क्रमित भएका छन् । यस्तै, विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आइतबार रातिसम्म ५ लाख ६९ हजार ९७ पुगेको छ । त्यसैगरी सबैभन्दा धेरै अमेरिकामा ३३ लाख ८० हजार ४२९, दोस्रो धेरै ब्राजिलमा १८ लाख ४...

बलिउड अभिनेता अमिताब र छोरा अभिषेक बच्चनमा कोरोना पुष्टि

बलिउड अभिनेता अमिताब र छोरा अभिषेक बच्चनमा कोरोना पुष्टि
मुम्बई । भारतीय सिनेमा जगतको उच्च प्रतिष्ठा स्थापित गर्दै विश्व सिनेमा जगतमा चर्चित व्यक्तित्व अमिताभ बच्चन र उनका छोरासमेत रहेका कलाकार अभिषेक बच्चनलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन् । उनीहरू दुवै जनाले आफूलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छुट्टाछुट्टै ट्विटमार्फत पनि शनिबार जानकारी गराएका छन् । उनीहरू नानावती अस्पतालको आइसोलेसन ...

अन्ततः अमेरिकी राष्ट्रपति ट्रम्पले लगाए मास्क

अन्ततः अमेरिकी राष्ट्रपति ट्रम्पले लगाए मास्क
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी सुरु भएपछि पहिलोपटक सार्वजनिकरूपमा मास्कको प्रयोग गरेका छन् । यसअघि कोराना भाइरसको महामारीलाई कम महत्त्व दिँदै आएका ट्रम्पले मास्कको प्रयोग उपयोगी छ र गर्नुपर्दछ भन्ने सन्देश दिनेगरी मास्क लगाउन बाध्य भएका छन् । उनले यसअघि आफूले मास्क नलगाउने उद्घोष गरेका थिए भने डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले ल...

टेक्सासमा प्रहरीमाथि गोली प्रहार, दुई प्रहरी अधिकृतको मृत्यु

टेक्सासमा प्रहरीमाथि गोली प्रहार, दुई प्रहरी अधिकृतको मृत्यु
म्याकअलेन । संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले गोली चलाउँदा दुई प्रहरी अधिकृतको ज्यान गएको छ । दक्षिणी टेक्सासमा एक व्यक्तिले होहल्ला गरेको उजूरी परेपछि उक्त स्थानमा पुगेका प्रहरीमाथि गोली हानिएको प्रहरीले जनाएको छ । प्रहरीहरु २३ वर्षीय अडोन इग्नासियो क्यामारिल्लोलाई पक्राउ गर्न गएको तर ती व्यक्तिले प्रहरीमाथि एकाएक गोली चलाएको र प्रतिकारसमेत गर्न पाएका थि...

विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किए

विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किए
काठमाडौँ । कोभिड–१९ को महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । यीमध्ये सबैभन्दा धेरै युएईबाट पाँच हजार ५२६, कुवेतबाट पाँच हजार २४३, साउदी अरेबियाबाट चार हजार ३०, मलेसिय...

पार्टी विभाजन हुन दिइन्न : प्रचण्ड

पार्टी विभाजन हुन दिइन्न : प्रचण्ड
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन हुन नदिने बताएका छन् । जिल्ला पार्टी कार्यालय चितवनमा आइतबार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकतालाई अक्षुण्ण राखिने दृढता व्यक्त गरे । कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, “पार्टी विभाजित हुन दिइने छैन, पार्टीको एकतालाई अक्षुण्ण राखिनेछ, यो विश्वास म तपाईंहर...

प्रचण्डद्वारा चितवनका डुबान क्षेत्रको अवलोकन

प्रचण्डद्वारा चितवनका डुबान क्षेत्रको अवलोकन
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डुबानमा परेको जिल्लाको पर्यटकीय क्षेत्र सौराहालगायतका पूर्वी चितवन क्षेत्रको आइतबार अवलोकन गरेका छन् । कालिका नगरपालिकाका विभिन्न डुबान क्षेत्र, राप्ती हुँदै दाहालले सौराहाको डुबान क्षेत्रको अवलोकन गरेका हुन् । कालिका नगरपालिकाको डुबान भएको वडा नं २, ३, ६ र ७ का विभिन्न क्षेत्रको दाहालले अवलोक...

नेपालमा थप ८२ सहित संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो

नेपालमा थप ८२ सहित संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ८२ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा ३९१६ जनाको नमुना परीक्षणका क्रममा ८२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । मन्त्रालयका अनुसार मह...