मनसुन सुरू भएयता बाढी र पहिरोमा परी ९२ को मृत्यु, ४६ बेपत्ता

मनसुन सुरू भएयता बाढी र पहिरोमा परी ९२ को मृत्यु, ४६ बेपत्ता
काठमाडौँ । सरकारले यसवर्षको मनसुन सुरू भएयता बाढी र पहिरोमा परी ९२ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा मुलुकका विभिन्न भागमा भएका बाढी र पहिरोका घटनाबाट १३४ घर पूर्णक्षति भएको गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने बताए । विसं २०७२ को भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, गोरखा र रसुवाल...

कोभिड-१९ बाट विश्वभर पाँच लाख ७३ हजारको मृत्यु

कोभिड-१९ बाट विश्वभर पाँच लाख ७३ हजारको मृत्यु
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७३ हजार ९४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३१ लाख २५ हजार १५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाली समयानुसार सोमबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७६ लाख ४० हजार ४ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४९ ला...

कोरोनाको स्रोत खोजी गर्दै डब्लुएचओका विज्ञ टोली चीनमा

कोरोनाको स्रोत खोजी गर्दै डब्लुएचओका विज्ञ टोली चीनमा
बेइजिङ । कोरोनाभाइरसको उत्पत्तिको श्रोतको खोजी गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का विज्ञहरु चीन आएका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन आएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्नीले सोमबार पुष्टि गरेका छन् । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण सवैभन्दा पहिला चीनमा भेटिएकोले उनीहरु अध्ययनका लागि चीन आएका हुन् । दैनिक पत्रकार सम्मेलनमा पररा...

रत्ननगर अस्पतालमा जटिल शल्यक्रिया प्रारम्भ

रत्ननगर अस्पतालमा जटिल शल्यक्रिया प्रारम्भ
चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया थालिएको छ । गर्भवतीको शल्याक्रिया गरेको यस अस्पतालले पहिलोपटक पित्त थैलीको शल्यक्रिया समेत सुरु गरेको हो । हालै मात्र सो अस्पताललाई वाग्मती प्रदेशले प्रदेशस्तरीय अस्पताल घोषणा गरेको थियो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विश्ववन्धु बगालेका अनुसार ३५ वर्षीया एक चेपाङ महिलाको सफ...

थप १४४ जना संक्रमित, एकैदिन १७०५ जना निको भई फर्किए

थप १४४ जना संक्रमित, एकैदिन १७०५ जना निको भई फर्किए
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १४४ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा ५८५६ जनाको नमुना परीक्षणका क्रममा १४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । मन्त्रालयका अनुसार महोत्तरी,...

अश्लील भिडियो बनाई पोष्ट गर्ने पक्राउ

अश्लील भिडियो बनाई पोष्ट गर्ने पक्राउ
काठमाडौँ । प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीया एक किशोरीको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले अश्लील भिडियो बनाएर ब्लुसंसार डटकम नामको पोर्न वेबसाइटमा राख्ने काठमाडौँ गोँगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले श...

नारायणी नदीको जलसतह खतरानजिक

नारायणी नदीको जलसतह खतरानजिक
भरतपुर । नारायणी नदीको जलसतह खतराको तहनजिक पुगेको छ । दिउँसो १२ः३५ बजे गरिएको मापनअनुसार देवघाटमा जलसतह ७.८४ मिटर र नारायणगढ पुल नजिकको जलसतह ११.३९ मिटर पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देवघाटमा नारायणी नदीको जलसतह ८ मिटरलाई खतराको तह मानिन्छ । यसअघि बिहान ११ः२५ बजे दुवै ठाउँमा जतसतहले सतर्कता तह नाघेको थियो । जलसतह बढ्दै गएपछि चितवन र नवलपुरमा पर्ने नदी तटीय...

पहिरामा पुरिएर छ जनाको मृत्यु, पाँच बेपत्ता

पहिरामा पुरिएर छ जनाको मृत्यु, पाँच बेपत्ता
तनहुँ । अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज...

एक वर्ष नपुग्दै भासियो नारायणगढ–मुग्लिन सडक

एक वर्ष नपुग्दै भासियो नारायणगढ–मुग्लिन सडक
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फि सञ्चालन गरिएको छ । आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातयात सञ्चालनका लागि काम भइरहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार यसअघि भासिएको ठाउँमा थप भासिएपछि समस्या भएको हो । सो सकडखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक बिस्तार गरेको एक वर्ष नपुग्दै भास...

ब्राजिलमा कोरोना भाइरसबाट ७२ हजार बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरसबाट ७२ हजार बढीको मृत्यु
ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो रहेको देखिएको छ । साथै, यहाँ पछिल्ला हप्ताहरुमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि वृद्धि भइरहेको प्राप्त तथ्यांकहरुमा देखिएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ यस संक्रमणबाट ज्यान जाने व्यक्तिहरुको संख्या कम्तीमा पनि ७२ हजार १५१ पुगेको बत...