सिसुवामा बगे सात घर, ११ जना बेपत्ता
सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ ।
गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए ।
पहिराका कारण बेसिन्दाका ११ जना बेपत्ता भएको जनाइएको छ । पहिरामा परेका तीन जनाको स्थानीयवासीले उद्धार गरेका छन् । पहिराका कारण वडा कार्यालय र ...









