अझै तीन दिन वर्षाको सम्भावना

अझै तीन दिन वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो । हाल देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाक...

मुलुकभर २९ विपद्जन्य घटना : १२ जनाको मृत्यु, ३२ सम्पर्कविहीन

मुलुकभर २९ विपद्जन्य घटना : १२ जनाको मृत्यु, ३२ सम्पर्कविहीन
काठमाडौँ । पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न स्थानमा २९ वटा विपद्जन्य घटना भएको छ । त्यसमध्ये १४ स्थानमा पहिरो गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बिहीबार सिन्धुपाल्चोकमा आएको बाढी पहिरो तथा बिहीबार राति मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परेर १२ जनाको मृत्यु भएको र ३२ जना सम्पर्कविहीन रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ...

गण्डकी प्रदेशमा पहिरोमा परी ११ जनाको मृत्यु, १२ बेपत्ता

गण्डकी प्रदेशमा पहिरोमा परी ११ जनाको मृत्यु, १२ बेपत्ता
काठमाडौँ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा ११ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् । अविरल रुपमा परेको पानीका कारण पहिरोमा परी कास्कीमा सात, लमजुङमा तीन र म्याग्दीमा एक जना गरी ११ जनाको मृत्यु भएका छन् । पहिरोमा परी १६ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार बाढीपहिरोका क...

नारायणीको बाढीले तटबन्धको स्पर बगायो

नारायणीको बाढीले तटबन्धको स्पर बगायो
चितवन । नारायणी नदीको बाढीले नदी किनारमा निर्माण गरिएको तटबन्धको एक स्पर बगाएको छ । बाढीले महानगरपालिकाको वडा नम्बर २७ र २८ को सिमानामा पर्ने निउरेचोक नजिकैको स्पर बगाएको हो । शुक्रबार बिहानदेखि नदीले स्पर बगाउन थालेको भरतपुर महानगरपालिका­२८ का वडाध्यक्ष आशबहादुर कुमालले जानकारी दिए । “पाँचवटा स्परमध्ये एउटा बगाएको हो”, उनले भने, “नदीको कटान रोकथाम र नियन्त्रणका लागि भर...

कालीगण्डकी नदीमा पानीको बहाव २७ वर्षयताकै उच्च

कालीगण्डकी नदीमा पानीको बहाव २७ वर्षयताकै उच्च
पर्वत । निरन्तरको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव झण्डै तीन दशक यताकै उच्च बिन्दुमा पुगेको छ । मुस्ताङबाट सुरु भई म्याग्दी, पर्वत र बागलुङ हुँदै बग्ने कालीगण्डकी नदीमा पानीको सतह २७ वर्ष यताकै उच्च बिन्दुमा पुगेको हो । नदीको माथिल्लो बहाव क्षेत्र मुस्ताङको जोमसोमदेखि म्याग्दीको उत्तरी क्षेत्रमा बिहीबार रातिदेखि नै भारी वर्षा भएका कारण नदीमा पानीको बहावले उच्च बिन्...

जाजरकोटको पहिरोमा पाँचको शव फेला, दस बेपत्ता

जाजरकोटको पहिरोमा पाँचको शव फेला, दस बेपत्ता
जाजरकोट । बारेकोट गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । नौ जना जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । बारेकोटमा आठ घर पहिरोले पुरेको छ । बारेकोट–४ जिरी सार्कीटोलमा गएराति पहिरो गएर दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्ये पाँच जनाको शव फेला परेको छ । पहिरोमा परी ५२ वर्षीय गोपाल सार्की र उहाँका ११ वर्षका छोरा अर्जुन सार्कीको शव फे...

थप ११८ सहित कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो

थप ११८ सहित कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ११८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा २४ घन्टामा ४८०५ जनाको नमुना परीक्षणका क्रममा ११८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । यसैबीच, काठमाडौँ उपत्यकामा ...

आज जेसीज सप्ताहको छैठौँ दिन : शैक्षिक अन्तरक्रिया सम्पन्न

आज जेसीज सप्ताहको छैठौँ दिन : शैक्षिक अन्तरक्रिया सम्पन्न
चितवन । रत्ननगरमा जारी जेसीजको जेसीज सप्ताहअन्तर्गतको आज छैठौँ दिन कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको प्रभाव र सामधानको बाटो विषयमा अनलाइन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल जेसीजको क्षेत्र ख निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी लालमणि भण्डारी, नेपाल जेसीज...

सराङकोट पहिरोमा परी मृतकको संख्या पाँच पुग्यो

सराङकोट पहिरोमा परी मृतकको संख्या पाँच पुग्यो
कास्की । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उनका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले ज...

मराङ र बिमको पहिरोमा २९ जना बेपत्ता

मराङ र बिमको पहिरोमा २९ जना बेपत्ता
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन् । धवलागिरि–६ का २१ र मालिका–७ बिमका आठ जना बेपत्ता भएका हुन् । मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार रिखका भीमप्रसाद जुग्जालीको घरका चा...