भारतमा कोरोना संक्रमित सात लाख ४६ हजार नाघे

भारतमा कोरोना संक्रमित सात लाख ४६ हजार नाघे
नयाँ दिल्ली । भारतमा चौबिसघन्टामा कोभिड–१९ का २२ हजार ७५२ नयाँ बिरामी थपिएपछि संक्रमितको संख्या सात लाख ४६ हजार नाघेको छ । भारत हालसम्म कुल सक्रमितको संख्या सात लाख ४६ हजार ५०६ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । भारतमा मंगलबार थप २२ हजार ७५२ व्यक्तिमा संक्रमण पुष्टि भएको र ४८२ संक्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्...

अमेरिका डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो

अमेरिका डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो
वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चारमाध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् । संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटकपटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरिसकेका छन् । उनल...

थप २५५ सहित कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

थप २५५ सहित कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २५५ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा २४ घन्टामा ४६९६ जनाको नमुना परीक्षणका क्रममा २५५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौँ...

कोरोनाको त्रासका कारण जलबिरे लामो झरना प्रवेशमा रोक

कोरोनाको त्रासका कारण जलबिरे लामो झरना प्रवेशमा रोक
चितवन । चितवनको प्रसिद्ध पर्यटकीयस्थल जलबिरे लामो झरना प्रवेशमा रोक लगाइएको छ । जिल्लाको एक मात्र इच्छामनकामना गाउँपालिका–६ अन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा रहेको जलबिरे लामो झरनामा पर्यटक आउने क्रम बढ्दै गएपछि कोरोना फैलने त्रासले मङ्गलबारदेखि प्रवेशमा रोक लगाइएको हो । देशमा कोरोना भाइरसको प्रभाव बढ्दै गएका बेला पनि झरना अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दै गएपछि क...

मृत भनिएका बिरामी निको भएर घर फर्किए

मृत भनिएका बिरामी निको भएर घर फर्किए
चितवन । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मंगलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए । भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किनुभएको छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएक...

छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ आउँदै गरेको बा१क ९२३६ नंको निसान गाडी ब्रेक फेल भई सडकमै पल्टिँदा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–७ बस्ने १८ वर्षीय सुजन वाग...

नम्बर नखुलेको सवारीले ठक्कर दिँदा एकको मृत्यु

नम्बर नखुलेको सवारीले ठक्कर दिँदा एकको मृत्यु
चितवन । भरतपुर महानगरपालिका–२९ खहरेमा पैदलयात्रीलाई सवारी साधनले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुने व्यक्ति अन्दाजी २५ वर्षको रहेका छन् । उनलाई आज बिहान ३ः३० बजेको समयमा नम्बर नखुलेको सवारीले ठक्कर दिएको हो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव भरतपुर अस्पतालमा राखिएको र ठक्...

बोरामा पोको पारेको अवस्थामा शव फेला

बोरामा पोको पारेको अवस्थामा शव फेला
चितवन । भरतपुर महानगरपालिका–१० को चितवन माविको खाली जग्गाको झाडीमा बोरामा पोको पारेको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार ती व्यक्ति भरतपुर महानगरपालिका–१४ का ४१ वर्षीय राजकुमार गुरुङ रहेका छन् । थापाका अनुसार भरतपुर क्षेत्रमा माछा बिक्री गर्ने, ठेलामा सामान बिक्री गर्नेजस्ता काम गर्दै आएका उनी...

टिपरले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु

टिपरले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु
धादिङ । धुनीबेंसी नगरपालिका वडा नम्बर ९ खत्रीपौवामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट नौबीसेतर्फ आउँदै गरेको बा ४ ख ३१०४ को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका वडा नम्बर ३ काठमाडौंँ निवासी ३० वर्षीय महेश श्रेष्ठको आज बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । घटनापछि सवारी चालक फरार भएका छन्...

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा

अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा
काठमाडौँ । अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत सिनियर डिभिजन इन्जिनीयर पूर्णप्रसाद उपाध्यायविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी हैसियतभन्दा बढी अस्वाभाविक जीवनयापन गरेको भन्दै उपाध्यायमाथि छानबिन गरेको थियो । ...