कोरोना महामारीमा पनि पर्यटकका लागि दुबई खुल्यो

कोरोना महामारीमा पनि पर्यटकका लागि दुबई खुल्यो
दुबई । कोरोनाभाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । यहाँ ठुल्ठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन थालेको छ । पर्यटक आवागमनको अनिश्चितता र कोरोनाभाइरससँग अझै धेरै मुलुकहरु जुधिरहेको अवस्थामा यहाँका ठूला सपिङ मल र पर्यटकीय गन्तव्यहरु खुला गरिएका छन्...

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो
नयाँ दिल्ली । भारतमा गत २४ घन्टामा कोभिड–१९ का २२ हजार २५२ नयाँ बिरामी थपिएपछि संक्रमितको सात लाख नाघेको छ । भारत हालसम्म कुल संक्रमितको संख्या ७ लाख ३९ हजार ६४६ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । विगत २४ घन्टामा भारतमा थप २२ हजार २५२ व्यक्तिमा संक्रमण पुष्टि भएको र ४६७ संक्रमितको मृत्यु भएपछि कोरोना भाइरसबाट २० हजार ६१८ ...

सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय

सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय
काठमाडौँ । समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । सो पार्टीको आज बसेको पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले नेत्री गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाइएको जानकारी दिए । पार्...

बिहीबारदेखि बाढीपहिराको जोखिमः सतर्कता अपनाउन आग्रह

बिहीबारदेखि बाढीपहिराको जोखिमः सतर्कता अपनाउन आग्रह
काठमाडौँ । नेपालमा आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिराको जोखिम बढ्ने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिराको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । मनसुन सक्रिय भएसँगै नेपालका धेरैजसो स्थानमा लगातार वर्षाका साथै तराई र पहाडका केही भूभागमा भारी वर्षासमेत हुने बत...

मंगलबार एक हजार बढी नेपाली स्वदेश फर्किए

मंगलबार एक हजार बढी नेपाली स्वदेश फर्किए
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत एक हजार १७७ नेपाली स्वदेश फर्किएका छन् । मंगलबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको क्वालालम्पुरबाट १४८, साउदी अरेबियाको रियादबाट २५२ र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । दुबई र दोहाबाट थप नेपाली ल...

जापानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो, दर्जनौं अझै बेपत्ता

जापानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो, दर्जनौं अझै बेपत्ता
टोकियो । जापानको दक्षिणी नगरहरुमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता भएका छन् । सेना सहितका उद्धारकर्ताहरुले मंगलबार बिहानैदेखि उद्धार र बेपत्ता मानिसको खोजीलाई तीव्र बनाएका छन् । जापानको दक्षिणी क्षेत्र क्युसुमा गत शुक्रबारदेखिको भिषण वर्षाका कारण बाढीले व्यापक जनधनको क्षति गरेको अधिकारीहरुले बताएका छन् ।...

दक्षिण कोरियामा पनि कोरोना संक्रमित बढे

दक्षिण कोरियामा पनि कोरोना संक्रमित बढे
सोल । दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । सोमबार मात्र कोरोनाका थप ४४ जना भेटिएका बताइएको छ । यहाँ सोमबार मध्यरातिसम्म अर्थात् गएको करिब २४ घन्टामा संक्रमितहरु ४४ जना थपिएका बताइएको हो । योसँगै यहाँका संक्रमितहरुको संख्या १३ हजार १८१ जना पुगेको...

कोभिड १९ बाट विश्वभर पाँच लाख ४१ हजार बढीको मृत्यु

कोभिड १९ बाट विश्वभर पाँच लाख ४१ हजार बढीको मृत्यु
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४१ हजार ७५३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १७ लाख ८० हजार संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार मंगलबार बेलुकीसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६७ लाख ७५ हजार ४७० जना निको भएका ...

विश्वभर कोभिड–१९ बाट संक्रमितको संख्या एक करोड १८ लाख नजिक

विश्वभर कोभिड–१९ बाट संक्रमितको संख्या एक करोड १८ लाख नजिक
जेनेभा । विश्वभर कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाख ४१ हजार ७५३ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ भने सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख नजिक पुगेको छ । तर, जोन हकिन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितको सङ्ख्या एक करोड १७ लाख रहेको छ भने मृत्यु हुनेको सङ्ख्या पाँच लाख ४१ हजारभन्दा बढी पुगेको छ । त्यस्तै निको हुनेको सङ्ख्या ६७ लाखभन्दा बढी रहेको छ ...

रत्ननगरकी कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज

रत्ननगरकी कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज
चितवन । रत्ननगरकी कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज भएकी छन् । रत्ननगर ४ की २७ वर्षीया उनी १२ दिनको उपचारपश्चात् कोरोनामुक्त भएकी हुन् । यही असार ११ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला असार १२ गते गुञ्जमान सिंह अस्पतालमा भर्ना भएकी थिइन् । पहिलो रिपार्ट पोजेटिभ आएको १२औँ दिनमा गरिएको दोस्रोपटकको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको अस्पतालका डा अंकित श्रीवास्...