विपन्न समुदायका विद्यार्थीलाई स्टेसनरी वितरण
चितवन । रत्ननगर–१२, सालघारीमा रहेको पञ्चदीप आधारभूत विद्यालयमा अध्ययन गर्ने विपन्न समुदायका विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरिएको छ ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत रत्ननगर जेसीसले सो विद्यालयमा अध्ययनरत १८० जना विद्यार्थीलाई कापी, कलमलगायतका सामग्री सहयोग गरेको कार्यक्रम संयोजक हरिकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष वीरबहादुर पाख्रिन र रत्नन...








