प्रोत्साहन भत्ता माग गर्दै कृषि विश्वविद्यालयमा तालाबन्दी

प्रोत्साहन भत्ता माग गर्दै कृषि विश्वविद्यालयमा तालाबन्दी
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुरमा कार्यरत १७ जना कर्मचारीले अतिरिक्त प्रोत्साहन पारिश्रमिक माग गर्दै कार्यालयमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियाले कर्मचारीले प्रोत्साहनभत्ता माग गरी बुधबार तालाबन्दी गरेका बताए । उनलाई विश्वविद्यालयको अर्को व्यवस्था नभएसम्मका लागि उपकुलपतिको जिम्मेवारी दिइएको छ । विश्ववि...

देश विषम परिस्थितिमा रहेको समयमा सरकार परिवर्तन गर्न हुँदैन : बुद्धिजीवी

देश विषम परिस्थितिमा रहेको समयमा सरकार परिवर्तन गर्न हुँदैन : बुद्धिजीवी
चितवन । देश विषम परिस्थितिमा गुज्रिरहेको समयमा सरकार परिवर्तन गर्न नहुने चितवनका बुद्धिजीवी तथा व्यवसायीले बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सरकार परिवर्तनको बहस चलिरहेका बेला उनीहरुले स्थिर सरकार र संगठित पार्टीले मात्रै वर्तमान समस्यासँग जुध्न सक्ने बताएका हुन् । कोभिड–१९ का कारण देशको अर्थतन्त्र धरासायी बन्ने अवस्थामा पुगेको जनाउँदै उनीहरुले ...

पर्खालले किचेर बालकको मृत्युः प्रदर्शन जारी

पर्खालले किचेर बालकको मृत्युः प्रदर्शन जारी
सप्तरी । भत्किएको घरले किचेर सप्तरीको खडक नगरपालिका–१ सिस्वामा बिहीबार एक बालकको मृत्यु भएको छ । उपभोक्ता समितिले सडकको आरसीसी ढलान गर्न माटो सम्याउने काम गरिरहेका बेला बाबु झाको घरको पर्खाल ढलेर स्थानीय ८ वर्षीय उमेश मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । रोलर मेसिनको भ्याब्रेटको असरका कारण पिलर नभएको घरको पर्खालको गारो भत्किएर बालकमाथि खसेर मृत्यु भएको इलाका प्...

थप ४७३ सहित कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुग्यो, एक शिशुसहित ३१ जनाको मृत्यु

थप ४७३ सहित कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुग्यो, एक शिशुसहित ३१ जनाको मृत्यु
काठमाडौँ । नेपालमा बिहीबार देशभरका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले १०९ महिला र ३६४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ । एक हजार ८८३ महिला र १२ हजार ६३६ पुरुष रहेका...

भरतपुर अस्पतालमा बिरामी बढ्दै

भरतपुर अस्पतालमा बिरामी बढ्दै
भरतपुर । कोभिड–१९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको सङ्ख्या न्यून रहेको भरतपुर अस्पतालमा क्रमशः बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालले बहिरङ्ग सेवाको टिकट काट्ने समय बढाएसँगै बिरामीको सङ्ख्या बढ्दै गएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गएको आइतबार अस्पतालको बहिरङ्ग सेवामा तीन सय ८९ जना उपचारका लागि आएका थिए । त्यस्तै आकस्मिक सेवामा ८२ ...

कोरोनाबाट विश्वभर पाँच लाख १६ हजार बढीको मृत्यु, ५८ लाख ५० हजार डिस्चार्ज

कोरोनाबाट विश्वभर पाँच लाख १६ हजार बढीको मृत्यु, ५८ लाख ५० हजार डिस्चार्ज
पेरिस । कोरोना भाइरसबाट विश्वभर संक्रमित भएकामध्ये बुधबार रातिसम्ममा पाँच लाख १६ हजार ३०६ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले दिएको पछिल्लो विवरणअनुसार संसारभर मृत्यु भएकाहरुको संख्या पाँच लाख १६ हजार २९७ पुगेको हो । विश्वभरी अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या ५८ लाख ५० हजार ८५२ पुगेको छ भने संक्रमितहरुको कुल संख्या एक करोड ६ लाख ८२ हजार २४३...

भारत र पाकिस्तानद्वारा दुवै देशको जेलमा रहेका नागरिक रिहा

भारत र पाकिस्तानद्वारा दुवै देशको जेलमा रहेका नागरिक रिहा
नयाँ दिल्ली । भारत र पाकिस्तानले दुवै देशका जेलमा रहेका बन्दीहरुलाई रिहा गरेका छन् । दुई देशले आ–आफ्ना देशका जेलमा रहेका माछामार्ने मछुवा र अन्य थुनामा रहेका नागरिकलाई रिहा गरेका भारतको विदेश मन्त्रालयले बुधबार जानकारी दिएको हो । सन् २००८ मा भारत र पाकिस्तानले विभिन्न कारणले दुवै देशका जेलमा परेका नागरिकहरुलाई छोडिने बारेको एक सम्झौता गरेका थिए । सो सम्झौताबमोजिम हरेक वर...

पत्रकार खड्काको निधनबारे गहिरो अनुसन्धान र छानबिनको माग

पत्रकार खड्काको निधनबारे गहिरो अनुसन्धान र छानबिनको माग
काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकार तेजबहादुर खड्काको मृत्युको घटना रहस्यमय हुनसक्ने भएकाले गहिरो अनुसन्धान र छानबिनको माग गरेको छ । “विसं २०७६ मंसिरमा भेटिएको कंकाल बेपत्ता अवस्थामा रहेका महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको रहेको पुष्टि भएको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ” महासंघद्वारा बुधबार जारी वि...

अनरशनरत युवाको जीवन रक्षाका लागि आयोगको आग्रह

अनरशनरत युवाको जीवन रक्षाका लागि आयोगको आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत व्यक्तिको स्वास्थ्यसम्बन्धी न्यायोचित माग सम्बोधन गरी जीवनको अधिकार रक्षा गर्न तथा सार्थक संवादद्वारा समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा कोभिड–१९ रोकथामका लागि सरकारले लागू गरेका मापदण्डको प्रभावकारी पालना गर्न आयोग अनशनरत पक्षलाई आग्रह गर्दै अनशनरतको जी...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग
काठमाडौँ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले बुधबार प्रेस विज्ञप्ति जारी गरी सरकारले मंगलबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् । “कोरोना महामारीका बीच देशको आर्थिक अवस्था नाजुक बन्दै गएको वर्तमान अवस्थामा जनताको दुखीरहेक...