थप ७४० सहित कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, एक शिशुसहित ३२ जनाको मृत्यु

थप ७४० सहित कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, एक शिशुसहित ३२ जनाको मृत्यु
काठमाडौँ । नेपालमा बिहीबार देशभरका २३ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले १०९ महिला र ३६४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार २५९ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार २४ घन्टामा ८...

कोभिड–१९ महामारीपछि विदेशबाट १६ हजार नेपालीको उद्धार

कोभिड–१९ महामारीपछि विदेशबाट १६ हजार नेपालीको उद्धार
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण देखिएपछि बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ३९४ छन् । यस्तै सबैभन्दा बढी कुवेतबाट तीन हजार ५२७ र सबैभन्दा कम पाँच जना श्रीलङ्काबाट स्वदेश फिर्ता भएका ‘कोभिड–...

भारतमा ६ लाख १२ हजार बढी संक्रमित, १८ हजार जनाको मृत्यु

भारतमा ६ लाख १२ हजार बढी संक्रमित, १८ हजार जनाको मृत्यु
नयाँ दिल्ली । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या भारतमा ५ लाख १२ हजार ४८६ पुगेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा हालसम्म कोरोना भाइरसबाट ६ लाख १२ हजार ४८६ जना संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा मात्रै १९ हजार ४२८ जना कोरोना भाइरसबाट संक्रमित भएका अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त...

कोरोना भाइरसबाट विश्वमा ५ लाख २० हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वमा ५ लाख २० हजारभन्दा बढीको मृत्यु
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २० हजार ४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ८ लाख ५० हजार २४५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार बिहीबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६० लाख ६७ हजार ७२२ जना निको भए...

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो
याङ्गुन । म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुगेको म्यानमारको सूचना मन्त्रालयले जानकारी दिएको छ । यसअघि सो पहिरोमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको यहाँको अग्नि सेवा विभागका अधिकारीहरुद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको थियो । तर, पछि पहिरो गएको स्थलबाट थप शवहरु निकालिएको छ । सूचना मन्त्रालयले बिहीबार बिहानको सो पहिरोमा...

मेक्सिकोमा बन्धुकधारीद्वारा २४ जनाको गोली हानी हत्या

मेक्सिकोमा बन्धुकधारीद्वारा २४ जनाको गोली हानी हत्या
गुआनाजुतो, मेक्सिको । मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनःस्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आक्रमणमा अरु सात जना घाइते भएका छन् । प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ती आक्रमणकारीहरु पुनःस्थापना केन्द्रमा जबर्जस्ती प्रवेश गरेर त्यहाँ रहेका व्यक्तिलाई अन्धाधुन्ध गोली प्रहार गरेका थिए । ...

तनहुँमा करेन्ट लागेर तथा डुबेर दुईको मृत्यु

तनहुँमा करेन्ट लागेर तथा डुबेर दुईको मृत्यु
तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित बरादीमा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ । बुधबार साँझ कुखुराको खोरमा जाने क्रममा अचानक करेन्ट लागेर स्थानीय झुलबहादुर पन्तकी ७४ वर्षीया पत्नी मोतीमायाको ज्यान गएको हो । करेन्ट लागेर सख्त घाइते भएकी पन्तको उपचारका लागि मुग्लिन हाइवे अस्पतालमा लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । त्यसैगरी जिल्लाको भानु नगर...

चट्याङका कारण बारामा चार महिलाको मृत्यु, पाँच घाइते

चट्याङका कारण बारामा चार महिलाको मृत्यु, पाँच घाइते
बारा । बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार बिहान जिल्लाको कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाउँपालिका–१ मा गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । मृत्यु हुनेमा शितलपुरको खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो र ४५ वर्षीया हलिमा खातुनको चट्याङ लागेर मृत्यु ...

चितवनमा सञ्चालन भएका साना सिँचाइ योजनाका ६५ वटा काम सम्पन्न

चितवनमा सञ्चालन भएका साना सिँचाइ योजनाका ६५ वटा काम सम्पन्न
चितवन । चितवन जिल्लामा सञ्चालन भएका ६५ साना सिँचाइका काम सम्पन्न भएका छन् । एक सय ३५ योजनामध्ये ६५ वटा सम्पन्न भइसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जानकारी दिएको छ । एकाइले आफ्नो कार्यक्षेत्रमा चालु आर्थिक वर्षमा स्यालो ट्युबवेल, बोरिङ, थोपा सिँचाइलगायतका कार्यक्रम सञ्चालन गरेको हो । सञ्चालन भएका योजनामध्ये ६५ सिँचाइका कार्यक्रम सम्पन्न भइस...

त्रिशूलीमा खस्यो जीप, जीप नै भेटिएन

त्रिशूलीमा खस्यो जीप, जीप नै भेटिएन
चितवन । पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जीप त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट बिहीबार बिहान जीप नदीमा खसेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले जानकारी दिए । स्थानीय सुनमाया चेपाङले माछा मार्न थापिएको जाल लिन जाँदा जीप खसेको देखेपछि नजिकैका व...