जिससले लकडाउन अवधिको भाडा नलिने
भरतपुर । जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको अवधिको भाडा नलिने भएको छ । समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले वैशाख, जेठ र असार महिनाको भाडा नलिने बताए ।
डल्लाकोटीले चैत महिनाको ११ गतेसम्म सञ्चालनमा आएकाले सो महिनाको भाडा तिर्न लगाउने र तीन महिनाको छूट गरिदिने तयारी गरेको जानकारी दिए ।
जिल्ला समन्वय समितिको व्यावसायिक सटर र घरबाट मास...








