कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४३३ पुग्यो
सुर्खेत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ । शुक्रबार २६ जना थपिएसँगै कर्णाली प्रदेशमा संक्रमित हुनेको सङ्ख्या एक हजार ४३३ पुगेको हो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी...









