अधिकांश स्थानमा बदलीसहित वर्षाको सम्भावना

अधिकांश स्थानमा बदलीसहित वर्षाको सम्भावना
काठमाडौँ । सोमबार देशको अधिकांश भू–भागमा अपराह्नपछि बदलीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु र पश्चिमी वायुका साथै भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताए । आइतबार राति विकसित भएको भारी वर्षा गराउने प्रणाली भने हटिसकेको बताइएको छ । “अहिले फेरि यी चार...

पोखरामा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु

पोखरामा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोभिड–१९ एक सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज विज्ञप्ति जारी गरी पुष्टि गरेको हो । निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले यही जेठ २२ गतेदेखि अस...

श्रीमतीद्वारा श्रीमानको हत्या

श्रीमतीद्वारा श्रीमानको हत्या
सल्यान । सल्यानमा एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबार राति ८ः३० बजेतिर आफ्नै घरमा काठ चिर्ने फलामको प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार...

भारतमा कोरोना संक्रमितको संख्या दुई लाख ५६ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या दुई लाख ५६ हजार नाघ्यो
पेरिस । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप पछिल्ला केही हप्तामा दक्षिण एसियाली राष्ट्रहरुमा व्यापक हुँदै गएको छ । दक्षिण एसियाली मुलुकहरूमध्ये भारत सबैभन्दा बढी प्रभावित देशका रूपमा देखिएको छ । हालसम्म भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५६ हजार ५६३ भन्दा बढी छ भने ७ हजार १७४ जनाको कोरोना सङ्क्रमणपछि मृत्यु भइसकेको छ । सबैभन्दा कम प्रभावित द...

कोभिड–१९ विरुद्धको लडाईंप्रति प्रतिबद्धता जनाउँदै चीनमा स्वेतपत्र जारी

कोभिड–१९ विरुद्धको लडाईंप्रति प्रतिबद्धता जनाउँदै चीनमा स्वेतपत्र जारी
बेइजिङ । सबैभन्दा पहिला कोरोना भाइरसको सङ्क्रमण पत्ता लागेको चीनले कोरोनाविरुद्धको लडाईंबारे स्वेतपत्र जारी गरेको छ । चीनको राज्य परिषद् सूचना कार्यालयद्वारा ‘फाइटिङ कोभिड–१९ चाइना इन एक्सन’ शीर्षकको स्वेतपत्र जारी भएको हो । स्वेतपत्रमा भाइरसविरुद्धको लडाईंमा चीनको प्रयासलाई सुरक्षित गर्दै बाँकी विश्वमा आफ्नो अनुभव साट्ने उद्देश्यले स्वेत पत्र जारी भएको चीनले बताएको छ । क...

कोभिड–१९ बाट विश्वभर चार लाख बढी मानिसको मृत्यु

कोभिड–१९ बाट विश्वभर चार लाख बढी मानिसको मृत्यु
मेरिल्याण्ड । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण आइतबारसम्ममा विश्वभर चार लाख ५ हजार ३३३ व्यक्तिको मृत्यु भएको छ भने ७० लाख ३७ हजार जना संक्रमित भएका छन् । जोन अकिन्स विश्वविद्यालयद्वारा उपलब्ध गराएको पछिल्लो विवरणअनुसार विश्वभर चार लाख ३ हजार ३३३ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी एक लाख १२ हजार ...

जो बाइडेन डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धाका लागि राष्ट्रपति उम्मेदवार सुनिश्चित

जो बाइडेन डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धाका लागि राष्ट्रपति उम्मेदवार सुनिश्चित
वासिङ्टन । पूर्वअमेरिकी उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति पदको आगामी निर्वाचनमा आफूलाई डेमोक्र्याटिक पार्टीबाट औपचारिक मनोनयन हुन आवश्यक डेलिगेट्स पुगेको घोषणा गरेका छन् । आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा उनको प्रतिस्पर्धा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुँदैछ । ट्वीटरबाट आफ्ना मतदाता र समर्थकलाई सम्बोधन गर्दै पूर्वउपराष्ट्रपति बाइडेनले डेमोक्र्याटिक पा...

एकैदिन थप २१३ सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगे

एकैदिन थप २१३ सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगे
काठमाडौँ । नेपालमा आइतबार एकैदिन २१३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको पछिल्लो अपटेडअनुसार देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणबाट नयाँ सक्रमितको संख्या २१३ मध्ये २०९ पुरुष र चार महिला छन् । योसँगै देशभरको हालसम्म कुल संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । जसमा ३ हजार २१२ पुरुष र २३६ महिला रहेका छन् । हालसम्म देशका ७१ जिल्लामा क...

नेपालमा ४६७ जनाले कोरोना जित्दै घर फर्किए

नेपालमा ४६७ जनाले कोरोना जित्दै घर फर्किए
काठमाडौँ । नेपालमा आइतबार एकै दिन १०२ कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ४६७ जनाले कोभिड–१९ लाई जितेका छन् । कोभिड–१९ का सङ्क्रमित दिनहुँ बढिरहे पनि निको भएर घर फर्कनेका सङ्ख्या पनि क्रमिक रुपमा बढ्दै गएको छ । शनिबार ३२ जनाको कोभिड–१९ जितेर घर फर्केका थिए भने त्यसअघि शुक्रबार एकै दिन ४३ जनाले सङ्क्रमण जितेका थिए । स्वास्थ्य तथा जनसङ्ख्य...

रोल्पामा पनि कोरोना संक्रमित फेला

रोल्पामा पनि कोरोना संक्रमित फेला
रोल्पा । रोल्पामा पहिलोपटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनिल स्मृति गाउँपालिका गजुलमा एकैपटक तीन पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससँंगै प्रदेश नं ५ का सबै जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । प्रदेश नं ५ का ११ जिल्लामा कोरोना संक्रमण फैलिएकामा अहिलेसम्म रोल्पामा फेला परेको थिएन । कोरोना संक्रमण पुष्टि हुनेमा गाउँपालिका –५ का २० र २७ वर्षीय तथा वडा नं ६...