कोरोना भाइरसबाट विश्वमा ३ लाख ६४ हजारको मृत्यु, ५९ लाख ६३ हजार संक्रमित

कोरोना भाइरसबाट विश्वमा ३ लाख ६४ हजारको मृत्यु, ५९ लाख ६३ हजार संक्रमित
जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६३ हजार ९०५ पुगेको छ भने संक्रमितको संख्या ५९ लाख ६३ हजार ३३ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । नेपाली समयानुसार शुक्रबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २६ लाख २८ हजार ५३९ जना निको भएका छन् । विश्वभरीमा २९ लाख ७० ...

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६९ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६९ हजार नाघ्यो
नयाँ दिल्ली । भारतमा एकै दिनमा ७ हजार ४६६ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ६९ हजार ७११ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार ८२० जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ७२ हजार ५४३ जना रहेको पनि सो मन्त्रालयले...

नयाँ दिल्लीको एम्म अस्पतालमा २०६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

नयाँ दिल्लीको एम्म अस्पतालमा २०६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित एक प्रमुख अस्पताल अल इन्डिया इन्स्टिच्युट (एम्स) मा कोभिड–१९ बाट अहिलेसम्म सङ्क्रमित स्वास्थ्यकर्मीको सङ्ख्या २०६ पुगेको अस्पतालले जनाएको छ । “शुक्रबार सार्वजनिक रिपोर्टअनुसार अस्पतालका ११ कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने बिहीबार ३० स्वास्थ्यकर्मी सङ्क्रमित भएका थिए । सङ्क्रमित स्वास्थ्यकर्मी तथा कर्मचारीबारे...

पाकिस्तानले अन्तर्राष्ट्रिय उडान सुरू गर्ने

पाकिस्तानले अन्तर्राष्ट्रिय उडान सुरू गर्ने
इस्लामावाद । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरू गर्ने निर्णय गरेको छ । सरकारले कोरोनाभाइरस सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि नियमित गतिविधिमा लगाएको रोकलाई खुकुलो पार्ने निर्णयसँगै अन्तर्राष्ट्रिय उडानलाई पुनः सुरू गर्न लागिएको पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार जारी सूचनामा भनिएको छ । प्राधिकरणले घरेलु उडानलाई भने विभिन्न चरणमा गरी यस पहिले न...

विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काइने

विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काइने
काठमाडौँ । सरकारले कोभिड–१९ को असहज परिस्थितिमा विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउने भएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउने भएको समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले बताए । समितिले ‘नेपाल आउने नागरिकलाई ल्याउनसम्बन्धी आदेश– २०७७’ को...

शुक्रबार एकैदिन १७० सहित संक्रमितको संख्या १ हजार २१२ पुग्यो

शुक्रबार एकैदिन १७० सहित संक्रमितको संख्या १ हजार २१२ पुग्यो
काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आज एकैदिन १७० जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पछिल्लो २४ घन्टामा थप १७० जनाका सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १...

कपिलवस्तुमा सातमहिने बालकसहित ५२ मा कोरोना सङ्क्रमण

कपिलवस्तुमा सातमहिने बालकसहित ५२ मा कोरोना सङ्क्रमण
कपिलवस्तु । कपिलवस्तुमा शुक्रबार एक नाबालकसहित ५२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाका भएको र बाँकी चार पालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोनो फोकल पर्सन कुमार थापाले जानकारी दिए । सङ्क्रमितमध्ये सातमहिने नाबालक वडा नम्बर ५ को अनिरुथ माविको क्वारेन्टिनमा बसेका थिए । अन्य २२ जना वडा ६ को वासुदेव जनता माविको क्वारेन्टिनमा, चार ज...

गोँगबुमा दुर्घटना हुँदा दुईको मृत्यु

गोँगबुमा दुर्घटना हुँदा दुईको मृत्यु
काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२६ बिजी मल अगाडि बिहीबार राति बा २ क ५४८४ नम्बरको मिनिट्रक र ना ६५ प २८०१ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा दुई व्यक्तिको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले स्कुटर चालक बझाङका २२ वर्षीय लोकेन्द्र विष्ट र स्...

प्रदेश नं २ मा संक्रमितको संख्या ४९६ पुग्यो

प्रदेश नं २ मा संक्रमितको संख्या ४९६ पुग्यो
जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा बढ्दै ४९६ पुगेको छ । पछिल्लो चौबीस घन्टामा ९६ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् । नयाँ सङ्क्रमितमा सप्तरीको राजविराज नगरपालिकामा पाँच, धनुषाको खजुरास्थित क्वारेन्टिनमा रहेकी एक ५० वर्षीया महिला, सर्लाही...

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार नाघ्यो
नयाँ दिल्ली । भारतमा एकै दिनमा ७ हजार ४६६ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ६५ हजार ७९९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार ७११ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ७१ हजार १०६ जना रहेको पनि सो मन्...